INSEC Online

📅 २०८३ जेष्ठ २१

संरक्षण परियोजनको विस्तृत कार्ययोजना सम्बन्धी छलफल सम्पन्न

डीसीएको आर्थिक तथा प्राविधिक सहयोगमा इन्सेकले सञ्चालन गर्दै आएको संरक्षण परियोजना २०२४ को विस्तृत कार्ययोजनाको बारेमा  माघ २५ गते नेपालगञ्जमा छलफल सम्पन्न भएको छ ।

विस्तृत कार्ययोजना व्यापकरुपमा छलफल गरी तयार गर्दा कार्यक्रमलाई स्थानिय तह, प्रदेश तह र संघीय तहमा  कार्यक्रम प्रभावकारी र नतिजामुखीरुपमा सञ्चालन गर्न सकिने इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत्तले बताउनु भयो ।

डीसीए नेपालको रणनैतिक कार्ययोजना बिस्तृत कार्ययोजनासँग जोडेर योजना तर्जुमा गर्नु पर्नेमा डीसीए नेपालकी फाइट इस्ट्रीम इन इक्वालिटी कार्यक्रम व्यवस्थापक सुर्यकुमारी विश्वकर्माले बताउनु भयो ।

परियोजनाले अपनाउनु पर्ने खरीद प्रकृयाको बारेमा नियम कानुन तथा अनुभव डीसीए नेपालका बरिष्ठ लेखा अधिकृत गेहेन्द्र गिरीले प्रस्तुत गर्नु भएको थियो ।

इन्सेकका संरक्षण परियोजना अधिकृत टेकनाथ आचार्यले २०२४ मा सञ्चालन गरिने संरक्षण परियोजनाको  विस्तृत कार्ययोजना प्रस्तुत गर्दै सम्भावित चुनौती तथा अवसरहरूको बारेमा बताउनु भयो ।

इन्सेक केन्द्रीय कार्यालयकी संरक्षण परियोजना फोकल पर्सन सुवेच्च्छा खडकाले स्थानिय तह, प्रदेश तथा संघीय स्तरमा कार्यक्रमलाई दिगोरुपमा  सञ्चालन गर्न सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्दै अगाडि बढनुपर्ने बताउनु भयो ।

इन्सेकले संरक्षण परियोजना लुम्बिनी प्रदेश, सुदुपश्चिम प्रदेश, मधेश प्रदेश र केन्द्रमा सन् २०२२ देखि सञ्चालन गर्दै आइरहेको छ ।

अन्य

भिडियो