INSEC Online

📅 २०८३ जेष्ठ २१

बालअधिकार सचेतना समूहले ध्यानाकर्षण गराएपछि व्यवस्थापन समिति गठन

20240204 Saptari 1

इन्सेकद्वारा गठित डाक्नेश्वरी नगरपालिका–७ स्थित रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ध्यानाकर्षण पत्र बुझाएपछि निर्वाचन र मनोनयनको माध्यमबाट ०८० माघ १९ गते बिधालय व्यवस्थापन समिति गठन भएको छ ।

बाल अधिकार सचेतना समूहले माघ १० गते वडा अध्यक्ष शत्रुघ्न मण्डललाई विद्यालय व्यवस्थापन समिति गठनका लागि ध्यानाकर्षण पत्र बुझाएको थियो । बिगत ५ वर्षदेखि विद्यालय व्यवस्थापन समिति नहुँदा विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर तथा शैक्षिक व्यवस्था प्रभावित भएको भन्दै सचेतना समूहले अविलम्ब समिति गठनको पहल गर्न वडा अध्यक्ष मण्डलको ध्यानाकर्षण गराएका थियो । अभिभावकहरूले इन्सेकसँग आफ्नो बालबालिकाहरूको भविष्यमाथि खेलवाड भइरहेको गुनासो गरेका थिए । व्यवस्थापन समितिको अभावमा विद्यालयको शैक्षिक व्यवस्थापन र बिद्यार्थीहरुको शिक्षामा प्रत्यक्ष प्रभाव परेको भन्दै ०८० पुस ५ गते बसेको अभिभावक भेलाले व्यवस्थापन समिति गठन गर्न माग गरेको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै वडा अध्यक्ष मण्डलले सबैको सहयोगमा माघ महिना भित्र व्यवस्थापन समिति गठन गरिने प्रतिबद्धता जनाउनु भएको थियो । प्रतिबद्धता अनुसार माघ १३ गते श्याम प्रसाद साह, उर्मिला देबी राम, सुजना देबी यादव र उमेश कुमार मण्डल सदस्य पदमा निर्वाचित हुनु भएको छ ।

समितिको निर्वाचन पछि माघ १९ गते बिधालयको जग्गादाताबाट दिनेश कुमार सिंह, शिक्षक प्रतिनिधिबाट सागर बिरबहादुर कडारी, महिला प्रतिनिधीबाट बिबि मरियम खातुनलाई मनोनीत गरी समितिलाई पूर्णता दिइएको छ । नगरपालिका ऐन अनुसार वडा अध्यक्ष मण्डल ब्यबस्थापन समितिको अध्यक्ष हुनु भएको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक पवन कुमार ईशर रहने व्यवस्था छ ।

अन्य

भिडियो