INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार समूहद्वारा जङ्क फुड सम्बन्धी सचेतनामुलक सडक नाटक प्रदर्शन

मादी गाउँपालिका–४ स्थित ध्रुव माध्यमिक विद्यालयमा बालअधिकार संरक्षण समूहद्वारा गठित बाल चेतना समूहद्वारा “जङ्क फुडले मानिसको स्वास्थ्यमा ल्याउने असर” शीर्षकमा माघ १९ गते सडक नाटक प्रस्तुत गरेका छन् ।

नाटकमा दुई परिवारका बालबालिकाहरूले आमाबाबुले भनेको नमानेर जङ्कफुड खाएका कारण स्वास्थ्यमा आएको समस्या जीवन्त रूपमा देखाएका थिए ।  नाटकमा शिक्षक र स्वास्थ्य कर्मचारी मार्फत यसको असर बताइएको थियो र अन्त्यमा विद्यार्थी आफ्नो स्वास्थ्य प्रति सचेत भएको घटनालाई देखाइएको थियो ।

नाटकको दृश्यावलोकन पश्चात विद्यालयमा शिक्षक र समुदायका केही अभिभावकहरूले हालको समयमा  मुख्ये रूपमा रहेको यो समस्यालाई जीवन्त रूपमा विद्यार्थीहरूले प्रस्तुत गरेको नाटक निकै सान्दर्भिक भएको बताउनु भयो ।

संरक्षक शिक्षिक सृजना अधिकारीको को निर्देशनमा बनेको उक्त नाटकलाई प्राधानाध्यापक रामबाबु पौडेल र अन्य शिक्षकहरुले समसामयिक रहेको बताउनुभयो ।

kaski sadak natak 080-10-21

kaski sadak natak 2 080-10-21

अन्य

भिडियो