INSEC Online

📅 २०८३ जेष्ठ २१

जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न 

20240126dhanusha2

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केबारमा गठन गरिएकाे  बाल अधिकार समूहले ०८० माघ १० गते मिथिला नगरपलिका-७ गैरी टाेलमा सडक नाटक प्रदर्शन गरेको छ। बालबालिकामा लगानी शुनिश्चित भविष्यकाे थालनी भन्ने मूल नाराका साथ जन चेतनामूलक सडक सम्पन्न भएको हाे ।

बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले शिक्षा, स्वास्थ्य, दाईजो प्रथा, छुवाछुत, बाल विवाह र महिला हिंसा तथा भेदभाव जस्ता विषयमा जनचेतना मूलक सडक नाटक प्रदर्शन गरेका हुन।

साथै, आज भाेलिका युवा, बालबालिका तथा विद्यार्थीहरू कसरी लागु औषध, जाँड रक्सि जस्ता कुलतमा फसिरहेका छन् र यस्ता किसिमका विकृतिहरुलाई न्यूनिकरण गर्दै ती आजका युवा तथा भाेलीका कर्णधारहरुलाई सही बाटाे तर्फ उन्मुख गर्न उचित शिक्षाकाे आवश्यक्ता रहेकाे समेत उक्त नाटकले दर्शाएकाे थियाे ।

मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराउन नाटक प्रभावकारी रहेको संरक्षक शिक्षक निर प्रसाद शर्माले बताउनु भयाे।

हाम्रो समाज समुदायमा शिक्षा र सचेतनाकाे कमी भएकै कारण दिनप्रतिदिन मानव अधिकार उल्ल‌ंघन तथा ज्यादतिका घटनाहरु बढिरहेको छ । तसर्थ, यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरु बजारमुखि तथा शहरमा मात्र केन्द्रित नभइ ग्रामीण भेगसम्म पुर्‍याउनुपर्ने बाल अधिकार चेतना समूह अध्यक्ष आनन्द कुमार महतोले बताउनु भयाे ।

सडक नाटक प्रदर्शनमा आनन्द कुमार महतो, लक्ष्मीप्रसाद यादव, अनिश श्रेष्ठ, शिवजी प्रसाद दाहाल, दिपिका महत्ताे, अनिष महत्ताे, शिद्धार्थ यादव, हेमन्त साह, किरण कुमारी महतो, संगिता महतो, सन्देश महतो, रञ्जना महतो लगायतका सहभागि थिए।
20240126dhanusha3 20240126dhanusha1 20240126dhanusha 20240126dhanusha4

 

अन्य

भिडियो