INSEC Online

📅 २०८३ जेष्ठ २१

लागुऔषध दुर्व्यसन विरुद्ध बाल अधिकार चेतना समुहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा लालझाडी गाउँपालिका–२ शंकरपुरस्थित श्री भानु माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले लागुऔषध दुव्र्यसनीले समाजमा पारेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भुमिका बिषयमा सडक नाटक तयार गरी ०८० पुस २४ गते लालझाडी गाउँपालिकामा प्रदर्शन गरेको छ ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो ।

सडक नाटक प्रदर्शन गरी बाल अधिकार चेतना समूहका बालबालिकाहरुले लागुऔषध दुव्र्यसनीले समाजमा पारिरहेको नकारात्मक असर र रोकथामका लागि सरोकारवालाहरुको भुमिका झल्काउने प्रयास गरेका थिए ।

f

लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समूहका संयोजक सोमनाथ रानाले पछिल्लो समयमा लालझाडी गाउँपालिकामा लागुऔषध ओसारपसार तथा सेवन गर्नेहरुको मुख्य केन्द्रबिन्दु बन्दै गइरहेकोले बाल अधिकार चेतना समूहले यसप्रकारका नाटक प्रदर्शन गरेर समाजमा सकरात्मक सन्देश प्रवाहगरेको बताउनु भयो ।

सडक नाटक प्रदर्शनका क्रममा शिक्षक, विद्यार्थी, अभिभावक, मानव अधिकार समूहका सदस्यलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

यसैगरी इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको समन्वय र बेलौरी नगरपालिकाको सहयोगमा  ०८० पुस २३ गते बेलौरी नगरपालिका–९ रामघाट टोलमा स्वच्छ वातावरण निर्माणका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष किसानसिंह रानाले बेलौरी नगरपालिका प्राकृतिक सम्पदाले भरिपूर्ण भएता पनि यसको सहि तरिकाले प्रयोग गर्न सकिएको खण्डमा स्थानीयस्थरमै  रोजगारी समेत सृजना गर्न सकिने बताउनु भयो ।

कृषि, बालीनालीहरु लगाउनका लागि सरकारले अनुदान दिन्छ तर अनुदान लिन सदरमुकामस्थित कृषिज्ञान केन्द्र जानु पर्ने हुनाले अनुदान भन्दा बढी आउन जानमै खर्च हुना भएकोले यसको शाखा कार्यालय बेलौरीमा सञ्चालन गर्नु पर्ने भलमान्सा गुरुप्रसाद चौधरीले बताउनु भयो ।

photo20240109kanchanpur(3)

पर्यावरण स्वच्छ तथा हराभरा राख्नको लागि आजैदेखि बेलौरीबासीले बजारमा किनमेल गर्दा प्लाष्टिकजन्य झोलाको प्रयोग नगरी आफ्नै घरबाट झोला बोक्ने बानीको बिकास गर्नुु पर्ने बेलौरी नगरपालिका ९ नम्बर वडाकार्यालयका सचिव कमला सापकोटाले बताउनु भयो । साथै सचिव सापकोटाले चौधरी समुदायमा खानेपानीको नलको छेउमै फोहर खाडल बनाइने हुनाले सो फोहरबाट पानीजन्य तथा विभिन्न रोगहरु लाग्ने हुनाले जनचेतनामूलक कार्यक्रम गरी घरअगाडिका खाडलहरु पुर्नु पर्ने उहाँले बताउनु भयो ।

बलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहका संयोजक गोविन्दप्रसाद सापकोटाले चिसोमा आगो सल्काउन पलाष्टिकहरुको प्रयोग गरिने हुनाले त्यसबाट मानवीय लगायत वातावरणमा समेत असर पर्ने हुनाले पलाष्टिक बाल्न तत्कालै बन्द गराउनु पर्ने बताउनु भयो ।

इन्सेक कञ्चनपुर जिल्ला सहजकर्ता कैलाश पनेरुले स्वच्छ वातावरण निर्माणका लागि राष्ट्रिय वातावरण नीति २०७६ र बेलौरी नगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७९ मा भएको व्यवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

अन्य

भिडियो