INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण अधिकार सम्बन्धी कार्यशाला

Shambhunath (4)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा शम्भुनाथ नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालयमा ०८० पुस १२ गते वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रममा शंकर साहले वातावरण विनासको बिषय सबैको साझा विषय भएकोले मानव अधिकार समूह र सम्बन्धित निकायले यस बिषयलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो । स्थानीय स्तरमा भएका वातावरण सम्बन्धित सम्पूर्ण नीति चरणहरूको जानकारी दिनुहुँदै उहाँले प्लाष्टिकको प्रयोगले वातावरणमा प्रत्यक्ष र अप्रत्यक्ष असर पर्न जाने बारे सजग गराउनु भयो । सडने र नसडने फोहोरको अलग व्यवस्थापन गर्नुपर्ने, वातावरण रक्षाको लागि सबै एकजुट हुनुपर्ने र बिभिन्न योजना बनाई अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

मानव अधिकार समूहका अध्यक्ष पुलकित भगतले अबका दिनमा योजनाबद्ध तरिकाले वातावरण तथा सरसफाई कार्यक्रम सञ्चालन गर्न सबै एकजुट हुनुपर्ने र वातावरण बचाउ तथा सुधार तर्फ जवाफदेही बन्नुपर्ने बताउनु भयो ।

मानव अधिकार समूहकी उपाध्यक्ष देवी माया भट्टराईले वातावरण र विकासलाई सन्तुलित ढङ्गले अगाडि बढाए मात्र जीवन र पृथ्वीको सुरक्षा गर्न सकिने भएकाले सबै सरोकारवाला निकाय र स्थानीय समुहले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने बनाइ राख्नु भयो ।

रामदयाल माध्यमिक विद्यालय संरक्षण शिक्षक अशोक साहले हाम्रै कारणले हाम्रो गाउँ घर वरपर वातावरण प्रदुषण भइरहेको स्विकार्नु भयो । उहाँले खुला मैदानमा दिसा पिसाब गर्ने, पानी जम्ने, अव्यवस्थित फोहोर मैला गर्ने कारणले बिभिन्न संक्रमण हुने गरेकोले वातावरण प्रदुषण रोक्न घर परिवारबाटै अघि बढनु पर्ने बताउनु भयो ।

मानव अधिकार समूह र बालअधिकार सचेतना समूहको समन्वयमा भएको कार्यक्रममा रामदयाल माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयअन्तर्गत बाल अधिकार सचेतना समुहका सदस्यहरू समेत ५१ जनाको सहभागिता रहेको थियो ।
Shambhunath (1) Shambhunath (2) Shambhunath (3)

अन्य

भिडियो