INSEC Online

📅 २०८३ जेष्ठ २१

बाँदरमुढे घटना पीडितको लगत सङ्कलन सुरू

बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवम् क्षतिपूर्तिका लागि माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत सङ्कलन गर्न थालेको छ ।

सङ्घ तथा प्रदेश सभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पीडितपक्षले गरेको सहमतिअनुसार अहिले लगत सङ्कलनको काम शुरू भएको हो ।

विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विष्फोटमा ३८ मृत्यु र ७२ जना घाइते भएका थिए भने उपचारका क्रममा थप चारजना घाइतेको समेत ज्यान गएको थियो ।

गएको मङ्सिरमा माओवादी केन्द्र र पीडित परिवारबिच भएको तीनबुँदे सहमतिमा मृतकका परिवारमध्ये काम गर्न सक्नेलाई स्वरोजगार र नसक्नेलाई जीवनवृत्ति तथा बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको औषधि उपचारसँगै काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार तथा नसक्नेलाई जीवनवृत्तिको व्यवस्था गर्ने उल्लेख थियो ।

अन्य

भिडियो