INSEC Online

📅 २०८३ जेष्ठ २१

कृष्णनगर नाकाबाट दुई बालिकाको उद्धार

विभिन्न प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएका १२ र १६ वर्षीया बालिकालाई शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको पहल र  इलाका प्रहरी कर्यालय कृष्णनगरको सक्रियतामा ०७४ माघ ११ गते कृष्णनगर सीमा नाकाबाट उद्धार गरेको शान्ति पुनर्स्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

पीडित बालिकाहरूलाई काठमाडौँमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी विचौलियाले सीमा नाका कटाउन लागेको संयोजक भट्टर्राईको आरोप छ । विचौलियाले ती बालिकाहरूलाई शिवराज नपा-१ स्थित एक गाउँको सानो होटलमा एक रात राखी अर्को दिन विहानै कृष्णनगर पुर्‍याएको बालिकाले बताएका थिए ।

सीमा निगरानीमा खटिएका शान्ति पुनर्स्थापना गृहका कर्मचारीले शङ्का लागेर सोधपुछका लागि उनीहरूलाई सम्पर्कमा ल्याएको थियो ।

सोधपुछका क्रममा उनीहरू विचौलियाको फन्दामा परेको जानकारी भएपछि प्रहरीको सहयोगमा उद्धार गरिएको भट्टराईले बताए ।

उद्धार गरिएका दुवै जना बालिकालाई ०७४ माघ ११ गते परिवारको जिम्मा लगाई घर फिर्ता गरिएको शान्ति पुनर्स्थापना गृहका संयोजक भट्टराईले जानकारी दिएका छन ।

अन्य

भिडियो