नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २९ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले ०७९ पुस १७ गतेदेखि ०८० मङ्सिर २८ गतेसम्म सङ्कलन गरिएका १९ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।
सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित ६ ओटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका ३ ओटा, जातीय विभेदका दुई ओटा, आर्थिक सामाजिक तथा सास्कृतिक अधिकार दुई ओटा, बहु विवाहको दुई ओटा र घरेलु हिंसाका तीन ओटा र वेबारिसे अवस्थामा शिशु फेला एक घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि रावलले बताउनु भयो ।
जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका जिल्ला न्यायधिबक्ता रेणुका राईका अनुसार यो जिल्लामा महिला बढी पीडित भएका मुद्दा आउने गरेका छन् । घरेलु हिंसा, सम्बन्ध विच्छेद बलात्कार, यौन दुव्र्यबहारका घटना बढी हुने गरेका छन् । यसमा केही झुटा मुद्दा आउने गरेका छन् । घटना एक मुद्दा अर्काेको किसिमका आउने गरेकाले प्रहरीले सुक्ष्म अध्ययन गरेर अगाडी बढाउने गरिएको छ ।
स्वास्थ्यको अधिकार क्षेत्रमा व्लड बैंक पनि पर्छ होला । यो मुद्दालाई पनि बर्ष पुस्तक समेट्न जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले सुझाउनु भयो । उहाँले भन्नुभयो व्लड नभएकै कारण सर्वसाधरण नागरिकले समय उपचार गर्न पाएका छैनन् । नागरिकले व्लड खोज्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका कार्यालयमा धाउने गरेका छन् । हामीले व्लड गुरुप मिलेसम्म सहयोग गर्ने गरेका छौँ । जुम्लामा अस्पताल व्लड बैंक स्थापना गर्न निकै आवश्यक रहेको छ ।
जुम्लामा अहिले लागु औषधिको बढ्दो विक्री वितरण र प्रयोगले धेरै कलिला बालबालिकाको शिक्षा र स्वास्थ्यमा निकै असर प्रभाव परेको नेपाली काँग्रेस पार्टी जुम्लाका उपसभापति कार्मा बुढाले बताउनु भयो । अहिले जुम्ला कारागारमा ६० प्रतिशत कैदी वन्दी यही लागुऔषध घटनाका रहेकाे उहाँले भन्नुभयो । यसलाई राज्यले नियन्त्रण गर्न खोजेपनि निर्मुल हुन सकिरहेको छैन ।
वार्षिक पूर्व समीक्षा कार्यक्रममा प्रहरी प्रशासन, न्यायिक निकाय, राजनितिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

