INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २९ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले ०७९ पुस १७ गतेदेखि ०८० मङ्सिर २८ गतेसम्म सङ्कलन गरिएका १९ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।

सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित ६ ओटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका ३ ओटा, जातीय विभेदका दुई ओटा, आर्थिक सामाजिक तथा सास्कृतिक अधिकार दुई ओटा, बहु विवाहको दुई ओटा र घरेलु हिंसाका तीन ओटा र वेबारिसे अवस्थामा शिशु फेला एक घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि रावलले बताउनु भयो ।

जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका जिल्ला न्यायधिबक्ता रेणुका राईका अनुसार यो जिल्लामा महिला बढी पीडित भएका मुद्दा आउने गरेका छन् । घरेलु हिंसा, सम्बन्ध विच्छेद बलात्कार, यौन दुव्र्यबहारका घटना बढी हुने गरेका छन् । यसमा केही झुटा मुद्दा आउने गरेका छन् । घटना एक मुद्दा अर्काेको किसिमका आउने गरेकाले प्रहरीले सुक्ष्म अध्ययन गरेर अगाडी बढाउने गरिएको छ ।
स्वास्थ्यको अधिकार क्षेत्रमा व्लड बैंक पनि पर्छ होला । यो मुद्दालाई पनि बर्ष पुस्तक समेट्न जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले सुझाउनु भयो । उहाँले भन्नुभयो व्लड नभएकै कारण सर्वसाधरण नागरिकले समय उपचार गर्न पाएका छैनन् । नागरिकले व्लड खोज्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका कार्यालयमा धाउने गरेका छन् । हामीले व्लड गुरुप मिलेसम्म सहयोग गर्ने गरेका छौँ । जुम्लामा अस्पताल व्लड बैंक स्थापना गर्न निकै आवश्यक रहेको छ ।

जुम्लामा अहिले लागु औषधिको बढ्दो विक्री वितरण र प्रयोगले धेरै कलिला बालबालिकाको शिक्षा र स्वास्थ्यमा निकै असर प्रभाव परेको नेपाली काँग्रेस पार्टी जुम्लाका उपसभापति कार्मा बुढाले बताउनु भयो । अहिले जुम्ला कारागारमा ६० प्रतिशत कैदी वन्दी यही लागुऔषध घटनाका रहेकाे उहाँले भन्नुभयो । यसलाई राज्यले नियन्त्रण गर्न खोजेपनि निर्मुल हुन सकिरहेको छैन  ।

वार्षिक पूर्व समीक्षा कार्यक्रममा प्रहरी प्रशासन, न्यायिक निकाय, राजनितिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

Photo20231216Jumla (1)

Photo20231216Jumla (2)

अन्य

भिडियो