नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३० गते गमगढीमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले ०७९ पुस १७ गतेदेखि ०८० मङ्सिर ३० गतेसम्म सङ्कलन गरिएका १५ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।
कुटपिट सम्बन्धित छ ओटा, बाल बलात्कार वा यौन दुर्ववहार एक ओटा, सामुहिक हत्याको एक ओटा, बलात्कारका चार ओटा , महिला हिंसाको दुई ओटा र खाद्य अधिकारसम्बन्धिको एक ओटा गरी जम्मा १५ ओटा घटना प्रस्तुत गरिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारि टोेपेन्द्र केसीले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पार्दै घटना सङ्कलनमा इन्सेक बाहेक अन्यले यथार्थ घटना सङ्कलन नगरेको बताउनुभयो । इन्सेकका लागी सङ्कलन गरिएका घटनाहरु लेख्ने कुरामा केहि त्रुटि छन् ती भए गरेका त्रुटिलाई सच्याई मानव अधिकार वर्ष पुस्तकमा राख्न सुझाव दिनु भयो ।
छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले जन युद्धको समय देखि अहिलेसम्म अन्यायमा परेका मानिसहरुको लागि इन्सेक आवाज बनेको र स्थानीय सरकार बनेको छ बर्ष बिति सक्दा पनि स्थानीय सरकारको न्याय समितिमा कुनै पनि घटना न आउने गरेर र अब आउदा दिनहरुमा इन्सेकले स्थानीय तहका न्यायसमितिलाई बिउझाउन इन्सेकलाई सल्लाह दिनु भयो ।
नेकपा एमालेका जिल्ला सचीव सुरेन्द्र मल्लले इन्सेकले सङ्कलन गरेका घटनाप्रति सकारात्मक धारणा राख्दै स्थानीय तहको न्याय समिति भएका प्रतिवेदनमा छुटेका घटनाहरूलाई समेट्न सुझाव दिनु भएको छ । उहाँले विशेष गरेर गाउँमा मानव अधिकार उलङ्घनका घटनाहरू लुकेर रहेकोले ति घटनाको पनि खोजी गर्न इन्सेकलाई आग्रह गर्नु भएको हो । एक पटक घटेको घटना पुनः नदोहिरिने गरी इन्सेकले सङ्कलन गर्नुका साथै न्यायको पहुँजसम्म पुर्याउन इन्सेकलाई सचीव मल्लले बताउनु भयो ।
जिल्ला नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ सहि भएको र मानव अधिकार उलंघन सम्बन्धिका घटना न्यूनीकरणका लागि इन्सेक जनचेतना मुलुक तालिम वा गोष्ठी गर्न इन्सेकलाई सुझाव दिनु भयो ।
कार्यक्रममा उपस्थित भएका सम्पुर्ण वक्ताहरूले हरेक क्षेत्रबाट अन्यायमा परेका पीडित पक्षले जिल्लामा रहेका मानव अधिकार सङ्घसंस्थाहरूसंग सहयोग लिएर न्याय माग्नु पर्ने भनाइ राखेका थिए । जिल्लामा खाद्यान्नको अभाव, बाढी पहिरोबाट समस्या, विद्यालयमा पठनपाठनको अवस्था , स्वास्थ्यको अवस्था , घरेलु हिंसाको अवस्था , विभिन्न प्रकारका जातीय र लैङ्गकि विभेदको बारेमा पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने उपस्थित व्यक्तिहरूले बताएका थिए ।


