INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व चितवनमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २८ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक चितवन जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् डिएसपी विजयराज पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चितवन जिल्लामा वर्षभरी मानव अधिकार उल्लङ्घनका घटना प्रस्तुत भएको थियो । प्रस्तुत घटनाहरूमा महिला बलात्कारका १२ ओटा, बालिका बलात्कारका ३१ ओटा, महिला बलात्कार प्रयासको तीन ओटा, महिला हत्या एक ओटा, पुरुष हत्या ६ ओटा, अप्राकृतिक मैथुनको दुई ओटा, बहुविवाह १३ ओटा, आत्महत्या दुरुत्साहन आठ ओटा, मानव बेचबिखन तथा ओसारपसार तीन ओटा, अपहरण एक ओटा, जातीय विभेद एक ओटा र बाल विवाहको एक ओटा घटना भएका छन् ।

जिल्लामा बालिकामाथि हुने यौन दुर्व्यवहार घटना बढ्दो क्रममा रहेको पाइएको छ । इन्सेक जिल्ला प्रतिनिधिले गर्नुभएको वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्याक्रममा जानकारी दिँदै सूचना सन् २०२२ मा २३ जना बालिका यौन दुर्व्यवहारमा परेकोमा यस वर्ष सन् २०२३ मा पीडितको सङ्ख्या बढेर ३२ भएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको समीक्षा कार्यक्रममा बोल्दै चितवन प्रहरी प्रवत्ता एवम् डिएसपी विजयराज पण्डितले बालबालिकाहरू अपराध पीडित हुने क्रम बढ्दो रहेको बताउनु भयो ।

Photo_080-8-28_Chitwan1

Photo_080-8-28_Chitwan

अन्य

भिडियो