१६ दिने अभियान लैगिक हिंसाकोे अन्तिम दिन १० डिसेम्बरका दिन ७५औं मानव अधिकार दिवसका अवसरमा नेपालगञ्ज उपमनापा– १४ स्थित प्रदेश सुशासन केन्द्रको हलमा विभिन्न सरकारी तथा गैह् सरकारी संघ संस्थाहरूको उपस्थितिमा मङ्सिर २४ गते मानव अधिकार प्रति सबै परिचित रहौ र दिगोपनाका लागि सकरात्मकरुपमा संरक्षण तथा प्रवद्धनमा जोड दिदै मनाइएको छ ।
कार्यक्रमका नेपालगञ्ज उपमनपा मेयर प्रशान्त बिष्टले लैंगिक हिंसाको १६ दिने अभियान ७५ औं मानव अधिकार दिवसको शुभ कामना दिनु भयो ।
जिल्ला न्यायधीश टंक गुरूङ्गले मानव अधिकार सम्वेदशील विषय भएको बताउदै मानव अधिकारका विषय बस्तु राज्यसँग जोडिएको बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत्तले स्वागत मन्तव्यमा मानव अधिकारको ७५ औं दिवस कोसे ढुंगा होस भन्ने कामना गर्दै राज्यको निकायमा मानव अधिकार हेल्पडेस्क भए पनि पीडितको न्यायमा पहुँच हुन नसकेको बताउनु भयो ।
सिरहामा जिल्ला स्तरीय बाल भेला समपन्न, १९ सदस्यीय जिल्ला बाल सञ्जाल गठन
सिरहामा जिल्ला स्तरीय बाल भेला ०८३ जेठ २० गते सम्पन्न