INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व वार्षिक पूर्व समीक्षा सम्पन्न

इन्सेक रुकुम पूर्वको अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २२ गते रूकुमकोटमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्दश्यमाथि प्रकाश पार्दै इन्सेक लुम्बिनी प्रदेशका प्रलेख अधिकृत विनोद पाण्डेले इन्सेकले प्रकाशन गर्दै  आएको नेपाल मानव अधिकार पुस्तकका लागि  जिल्ला सङ्कलित घटनाहरू सारेकारवाला निकायबिच पुनर् पुष्टि गर्ने उद्देश्यले ६÷६ महिनामा पूर्व समीक्षा गरी घटनाको अद्यावधिक गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता रामप्रकाश पन्थीले भूमे गाउँपालिकामा सुत्केरी महिलाको मृत्यु भएको, १४ वर्षीय बालकले ७७ वर्षीया वृद्धालाई बलात्कार गरेको, ११  वर्षीया बालिकालाई आफन्तले बलात्कार गरेको विषयलाई मानव अधिकार वर्ष पुस्तकमा समेटनु पर्ने बताउनु भयो ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पन्थीले अदालतले कसुरदार प्रमाणित नगरेसम्म चालु मुद्दालाई इन्सेकले सार्वजनिक नगर्न आग्रह गर्नु भयो ।

नेकपा एमालेका जिल्ला उपसचिव भावना बुढाथोकीले आरोपित मात्रै हो भने सार्वजनिक गर्नु नहुने  बताउदै दोषी भए राजनितिक प्रपञ्च मिलाएर लुकाउनु पनि नहुने धारण राख्नु भयो ।

जिल्लाका घटनाहरूको जानकारी लिदै दलित अधिकारकर्मी हर्कविर कामीले जिल्लामा जातीय विभेदका घटनाहरूलाई पनि समेटन आग्रह गर्नु भयो ।

प्रमुख जिल्ल अधिकारी माधवप्रसाद शर्माले शान्ति सम्झौताको १७ वर्ष पुरा भए पनि सङ्क्रमणकालीन न्याय अहिलेसम्म टुङगो लाग्न नसकेको बारे इन्सेकले पनि पैरवी गर्नु पर्ने बताउनु भयो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले मानव अधिकारको क्षेत्रमा ३५ वर्षदेखि क्रियाशील इन्सेक मानव अधिकार प्रर्वर्धनका कार्यको भूमिकालाई सिस्ने सरकारको तर्फबाट विशेष धन्यवाद प्रकट गर्नु भयो ।

इन्सेक लुम्बिनी प्रदेशका अधिकृत विनोद पाण्डेको अध्यक्षतामा सुरू भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीको प्रमुख आतिथ्यता सञ्चालन भएको थियो भने सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रजिअ माधवप्रशाद शर्मा र जिल्ला प्रहरी कार्यालयका डिएसपी अञ्जना श्रेष्ठको बिषेश आतित्थ्थता सम्पन्न भएको थियो ।

यसैगरी, पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाको आयोजनामा ७५ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व समीक्षा कार्यक्र सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले सन् २०२४ को अवधिमा पाल्पामा ६४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको तथ्यांक प्रस्तुत गर्नु भयो ।

इन्सेकको तथ्याङ्क अनुसार  बालिका बलात्कारका सात ओटा, महिला बलात्कारका सात ओटा र घटना घरेलु हिंसाका ५० ओटा रहेका छन् ।

वार्षिक समीक्षा कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले इन्सेकले लामो समयदेखि मानव अधिकार क्षेत्रमा रही महत्वपूर्ण कार्य गर्दै आएको बताउदै  मानव अधिकार वर्ष पुस्तक नेपालको समग्र मानव अधिकार अवस्था झल्काउने पुस्तककोरुपमा रहेकोले पुस्तकमा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार लगायतका बिषयमा समस्या उठान गर्नु पर्ने धारणा राख्नु भयो ।

photo2023120801rukumeast

अन्य

भिडियो