INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक सडक नाटक प्रस्तुत गरेका छन् ।

राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले लैङ्गिक विभेद विरुद्ध नाटक प्रदर्शन गरेका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार समूहले चेतना मुलक नाटक प्रस्तुत गरिएको हो ।

सूर्योदय माध्यमिक विद्यालयका साहायक प्रधानाध्यापक तथा कार्यक्रमको प्रमुख अतिथि कृष्णकुमार गुप्ताले पछिल्लो समय दैनिक रूपमा कुनै न कुनै किसिमको हिंसा हुने गरेको बताउनु भयो । शारीरिक, मानसिक, यौनजन्य, सामाजिक, आर्थिक रूपमा पनि हिंसा हुने गरेको उहाँले बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै बाल अधिकार समूहको अध्यक्ष कञ्चन राना मगरले लैङ्गिक विभेद विरुद्ध कार्यक्रम मार्फत धेरै समाजमा हिंसा न्यूनीकरण गर्न सकिने बताउनु भयो । उहाँले यस्तो हिंसा विरुद्ध सबैलाई सचेतना गराउन आवश्वक समेत रहेको बताउनु भयो ।

उक्त सडक नाटक प्रदर्शनमा कार्यक्रममा बाल अधिकार समूहको अध्यक्ष कञ्चन राना मगर, सूर्योदय माध्यमिक विद्यालयको साहायक प्रधानाध्यापक तथा प्रमुख अतिथि कृष्णकुमार गुप्ता, शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा आदि लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेक मकवानपुर सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।

Photo_080-8-17_Makwanpur2

Photo_080-8-17_Makwanpur1

Photo_080-8-17_Makwanpur

अन्य

भिडियो