मादी गाउँपालिका– ३ याङ्जाकोटको सीताराम माध्यमिक विद्यालयको बाल अधिकार समूहले तिहारमा देउसी भैलो खेलेको पैसाले प्रथामिक स्वास्थ्य उपचारका सामान किनेर ०८० मङ्सिर ११ गते विधालयलाई हस्तान्तरण गरेको छ ।
सरुदेवी गुरुङको अध्यक्षतामा मङ्सिर ११ गते बसेको बैठकले विद्यालयमा प्रथामिक स्वास्थ्य उपचारका सामाग्री पनि नभएको हुँदा देउसी भैलोको पैसा सदुपयोग गर्न उक्त सामान खरिद गरि विधालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
अहिले विद्यालयमा प्रथामिक स्वास्थ्य उपचारका सामान नहुँदा विद्यालयमा कुनै दुर्घटना हुँदा पनि लामो दूरी पार गरेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहेको हुँदा उक्त सामान हस्तान्तरण गरेको उहाँको भनाई छ ।
साथै आगामि दिनमा विधालयमा आवश्यक रहेका अन्य शैक्षिक सामाग्री पनि खरिद गर्ने समूहले निर्णय गरेको थियो ।

