INSEC Online

📅 २०८३ जेष्ठ २१

विभिन्न कार्यक्रमको अयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

WhatsApp Image 2023-11-26 at 9.45.55 PM
मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालय, लैङ्गिक हिंसा न्यूनिकरण जिल्ला सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र ओरेक लगायत संघ संस्थाहरुको संयुक्त आयोजनामा ०८० मङ्सिर ९ गते बिहान विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ ।

लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मुल नाराका साथ जनकपुरमा बिहान महाविर युवा कमिटीको प्रांगणबाट निकालिएको प्रभात फेरी र्‍याली जनकचाेक, शिवचोक हुँदै पुनः महाविर युवा कमिटिको प्रांगणमा पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र मणी पाण्डेले सम्बोधन गर्दै लैङ्गिकताका आधारमा हुने सबै प्रकारका विभेदलाई अन्त्य गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । यसमा नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई थियो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मधेस प्रदेशमा लैङ्गिक हिंसाका घटना बढि रहेको र त्यसमा पनि महिला माथि हुने डरलाग्दा स्वरुपका घटनाहरु भइरहेकोले सम्बन्धित सरोकारवाला निकाय गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।

प्रहरी प्रशासनको फितलो अनुसन्धान प्रक्रिया र घटनालाई राजनीतिकीकरण गर्ने गरिएको कारण पीडितले न्याय नपाएको अवस्था रहेको हुँदा कानुनको प्रभाकारी कार्यान्वय आवश्यक रहेकोमा उहाँले जोड दिनु भयो ।
WhatsApp Image 2023-11-26 at 9.45.57 PM WhatsApp Image 2023-11-26 at 9.45.56 PM WhatsApp Image 2023-11-26 at 9.45.56 PM (1)

अन्य

भिडियो