INSEC Online

📅 २०८३ जेष्ठ २१

३२औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान सुरु

1000017353

“लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता र महिला बालबालिकामा लगानीको ‌ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि ३२औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान सिराहाको सदरमुकाममा र्‍याली तथा विभिन्न कार्यक्रमहरू गरी सुभारम्भ गरिएको छ।

उक्त कार्यक्रम सिरहा नगरपालिकाको आयोजना र मानव अधिकार रक्षक संजाल, इन्सेक, जीवन‌ ज्योति समाज, साथ साथ सिकाइ संजाल र मेची महाकाली बुहारी संयुक्त आवाजको समन्वयमा भएको हो । ‌‌कार्यक्रमको र्‍याली जिल्ला प्रहरी कार्यालय सिरहाको ‌गेटबाट बिहान आठ बजे निकालिएको थियो। सो र्‍यालीले नगर परिक्रमा गरी नगरपालिकाको सभा हलमा मुक्ति नेपाल गोलबजारको टिमले समाजमा बढ्दै गएको बाल विवाह, घरेलु हिंसा र लैङ्गिक विभेद सम्बन्धी जनचेतनामुलक सन्देश दिने नाटक प्रदर्शन गरेको थियो।

कार्यक्रममा उपस्थित सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम यादव, ओरेक नेपाल लहान, साथ साथ सिकाइ सल र मेची महाकाली बुहारी सयुक्त आवाजका प्रतिनिधिहरूले आआफ्नो धारणा राखेका थिए।

यो अभियानको सुरुवात डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदी बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम हत्यासित जोडिएको छ। यस घटनालाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ। यसरी यी तीन दिदी बहिनीहरूको हत्यारलाई महिला विररुद्धको हिंसाको रूपमा लिइ महिलावादीहरूद्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाउने परम्पराको शुरूवात गरिएको हो। यसलाई पछि सन् १९९९ मा सयुक्त राष्ट्र संघद्वारा आत्मसाथ गरी संसार भरि नै नोभेम्बर २५ को दिनलाई महिला हिँसा विररुद्धको अन्तराष्ट्रिय दिवसको रूपमा स्थापित ‌गरेको पाइन्छ।

1000017356 1000017359 1000017372 1000017374

अन्य

भिडियो