INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन 

IMG-20231125-WA0002

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता” मुल नारा का साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ०८० मङ्सिर ९ गते पहिलो दिन महोत्तरीको जलेश्वरमा प्रभात फेरि कार्यक्रम सप्पन्न गरियो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीकाे मङ्सिर ९ गते देखि २४ गते १६ दिन सम्म संचालित आयोजनामा उक्त कार्यक्रममा जिल्ला समन्वय समिति,  जिल्ला प्रहरी कर्यालय महोत्तरी, जलेश्वर नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, इन्सेक महोत्तरी, ओरेक महोत्तरी, महिला सचेतना केन्द्र, जिल्ला सञ्जाल महोत्तरी, सेफ द चिल्ड्रेन, चौतारी नेपाल, श्री सृजनशिल महिला उत्थान केन्द्र, समाज उत्थान केन्द्र लगायत अधिकारमुखी संस्थाहरुको साझेदारिमा र्‍याली कार्यक्रम सम्पन्न भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक महोत्तरी प्रतिनिधिले जनाएको छ।  जिल्ला प्रशासन कर्यालयबाट सुरु भएर जलेश्वर नगरपालिकाको विभिन्न क्षेत्रको परिक्रमा गर्दै दुर्गा चौकमा कोण सभामा परिणत हुन्दै र्‍याली सम्पन्न भएको महिला सचेतना केन्द्र की अध्यक्ष साधना बर्माले बताउनु भयो ।

कोण सभालाई सम्बोधन गर्दै “लैङ्गिक हिंसाको सवालमा नोवेम्बर २५ देखिको अभियानमा मात्र सिमित नगरी हरपल कुनै पनि प्रकारका हिंसा गर्दैनौ, हिंसा  सहन्नौ र हिंसा हुन दिन्नौ भन्ने मन्त्र याद रहनु पर्छ महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिव गेलालले भन्नू भयो।” त्यसै, गरी हिंसा विरुद्धको सचेतना महिलाहरुमा नभएर पुरुषहरुमा हुन नितान्त जरुरी रहेकाले हिंसा सहने भन्दा हिंसा गर्नेहरुको मानसिक र व्यवहारिक परिवर्तनको आवश्यक्ता रहेको एसपी प्रकाश मल्ल को भनाइ रहेको थियो । कोण सभामा सहभागी विभिन्न सन्था का प्रतिनिधिहरुले समेत आआफ्नो मन्तव्य राख्नु भएको थियाे ।

IMG-20231125-WA0000 IMG_20231125_092802

अन्य

भिडियो