INSEC Online

📅 २०८३ जेष्ठ २१

डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण–पत्र

IMG-20231102-WA0003

शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसा सम्बन्धी समस्याहरू समाधान गर्नुपर्ने माँग राख्दै डाक्नेश्वरी नगरपालिका स्तरीय मानव अधिकार समूहले ०८० कात्तिक १५ गते डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहालाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।

स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको समेत भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले नगरप्रमुख मलाहालाई ध्यानाकर्षण–पत्र बुझाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित समूहले जानकारी दिएको हो ।

ध्यानाकर्षण–पत्रमा समुदायिक बिद्यालयहरूमा शिक्षक दरबन्दी अनुसार शिक्षक व्यवस्थापन गर्नुपर्ने, सबै बिद्यार्थीहरूलाई नियमित उपस्थिती गराउन बिद्यालयमा नियमित अनुगमन गर्नुपर्ने र बिद्यालयमा स्वास्थ्य वातावरण राख्नुपर्ने, स्वच्छ खानेपानीको व्यावस्था गर्नुपर्ने माँग गरिएको छ ।

यस्तै नेपाल सरकारबाट उपलब्ध गराइने सबै प्रकारको औषधि निःशुल्क वितरण गर्नुपर्ने, वातावरण संरक्षणमा नगरपालिकाले नीति बनाएर कार्यान्वयन गर्नुपर्ने र समाजमा व्याप्त जातीय विभेद तथा छुवाछुत, लैङ्गिक हिंसालगायतका समस्यालाई समाधान गर्न नीति तथा कानुन बनाएर लागु गर्नुपर्ने ध्यानाकर्षण–पत्रमा उल्लेख गरिएको छ ।

डाक्नेश्वरी नगरपालिकाका प्रमुख मलाहाले मानव अधिकार समूहले विगतका वर्षदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकाले मानव अधिकार समूहलाई धन्यवाद दिदै जनताको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलको नेतृत्वमा समूहका सदस्यहरू र इन्सेक जिल्ला सहजकर्ता अजय परियारको टोलीले ध्यानाकर्षण–पत्र बुझाउनु भएको हो ।

अन्य

भिडियो