INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन समीक्षा बैठक सम्पन्न

मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको पाचौं समीक्षा बैठक कात्तिक १५ गते कास्की जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीको कुनै पनि नागरिक मानवअधिकारको पहुँचबाट टाढा हुन नपर्ने गरि स्थानीय तहहरुले काम गरिरहेको बताउनुभयो ।

उहाँले भौतिक तथा मानवीय विकास बिना मानवअधिकारको पूर्ण प्रत्याभूति असम्भव भएकाले नेपालको संविधानमा उल्लेख भएका आधारभूत अधिकारहरुलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन आफूहरुले काम गरिरहेको बताउनुभयो । ‘दिगो विकासको लक्ष्य प्राप्तिको आधारभुत बिन्दु नै मानवअधिकारको कार्यान्वयनबाटै सुरु हुने हुँदा मानव अधिकार उल्लङ्घनका गुनासो सुन्नु नपर्ने गरी हामीले काम गर्नुपर्छ । तब मात्र व्यक्ति समाज र राष्ट्रको विकासमा मानव अधिकार महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो ।

बैठकमा कास्कीका पाँच ओटा पालिका तथा सरकारी तथा गैरसरकारी सदस्य संस्थाहरूले कास्कीमा मानव अधिकारको अवस्था, कमी कमजोरी र सुधारका उपायका सम्बन्धमा प्रतिवेदन पेश गरेका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा पछिल्लो मानव अधिकारको पक्षमा गरेका काम र मानव अधिकारको अवस्था, समस्याहरु र सुधारमा गर्नुपर्ने कुराहरुलाई बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ‘गर्ने हुने कुरा गर्ने र गर्न नहुने काम नगरे’ मानवअधिकार पूर्ण रुपमा कार्यान्वयनमा आउने बताउनुभयो । यसका लागि सरकारी र गैरसरकारी संस्थाहरूले आ–आफ्नो ठाउँबाट जिम्मेवारीका साथ कार्ययोजनाको लक्ष्यका बारेमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । मानवअधिकार उल्लङ्घनका हुने कुनैपनी घटना क्षम्य नहुने उहाँको भनाई थियो । कार्ययोजनाको लक्ष्य अनुरुप समस्याको पहिचन गर्दै सबै निकायलाई जिम्मेवार बनाउनुपर्ने उहाँले सुनाउनुभयो ।

baithakkbaithak

अन्य

भिडियो