INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक सम्पन

WhatsApp Image 2023-10-20 at 12.19.07 PM
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नगरपालिकामा मानव अधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक ०८० कात्तिक २ गते सम्पन्न भएको छ । उक्त बैठकमा मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य वातावरण र सबै प्रकारका विभेदसँग सम्बन्धित समस्याहरूको पहिचान गरी समाधानका लागि कार्ययोजना निर्माण गरेका छन् ।

मिथिला नगरपालिका भित्र शिक्षा क्षेत्रमा देखिएका समस्या विद्यालय परिसरभित्र सरसफाईको अभाव भएको, बालमैत्री प्रविधिको अभाव रहेको, विद्यालयमा बिषयगत शिक्षकको अभाव जस्ता समस्याहरूको पहिचान गरिएको छ ।

स्वास्थ्य तर्फ विद्यालयमा शौचालय भएपनि व्यवस्थित नभएको, शुद्ध खानेपानीको अभाव, स्वास्थ्य बोलापत्र अनुसार औषधि उपलब्ध नभएको लगायतका समस्या बैठकबाट पहिचान गरिएको छ ।

खोला नाला दोहन, क्रसर उद्योग, अनियन्त्रित बालुवा उत्खननले यस पालिकाका जग्गा–जमिन कटान हुनुको साथै मानवीय जीवनमा नकारात्मक प्रभाव परेको देखा परेको छ । त्यसतै पालिका भित्र बाल विवाह, दाईजो तथा, बोक्सि प्रथा, लैङ्गिक हिंसा, जातीय भेदभाव, जनचेतनाको अभाव रहेको समस्याहरूको पहिचान गरिएको छ ।

उत्त कार्ययोजना माथि छलफल गर्दा मिथिला नगरपालिका कार्यलयमा रहेका शाखाहरू शिक्षा शाखा, स्वास्थ्य शाखा, र सम्बन्धित निकायमा ज्ञापनपत्र र ध्यानाकर्षण गराउने मानव अधिकार समूहका अध्यक्ष मोहन महतोले बताउनु भयो ।

यस बैठकको सहजिकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला सहजकर्ता शिबजिको परियारले गर्नु भएको थियो ।

WhatsApp Image 2023-10-20 at 12.19.06 PM

अन्य

भिडियो