
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री लक्ष्मी माध्यमिक विद्यालय बटेश्वर गाउँपालिका–१ चित्रपुरमा गठन गरिएको बाल अधिकार सचेतना समूहले ०८० असोज २९ गते दशै विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
कायक्रममा बालबालिकाहरूले शुभकामना आदान प्रदान गर्नुका साथै स्थानीय समुदायलाई आफ्ना अधिकार र कर्तव्यका बारेमा समेत प्रस्ट पार्ने प्रयस गरेकाे बाल अधिकार समूहका अध्यक्ष देवेन्द्र महताले बताउनु हुँदै उहाँले आगामी दिनहरू यस समूहले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा वातावरणको क्षेत्रमा देखिएको समस्याहरूको न्यूनिकरण, महिला तथा बालबालिकाहरू विरुद्ध हुने सबै किसिमका भेदभाव तथा हिंसाका गतिविधिको न्यूनीकरणका निम्ति प्रत्येक शनिबार विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक ठाकुरले विगतमा यस विद्यालयमा सात सयदेखि एक हजारसम्म विद्यार्थी रहेकोमा हाल पाँचख सयदेखि तिन सयसम्म पनि पुग्न कठिनाई भएकोमा चिन्ता व्यक्त गर्नु भयो । साथै यस विद्यालयमा विद्यार्थीहरूलाई अकर्षित गर्न विद्यालयमा हुने शिक्षाको गुणस्तर र व्यवस्थापकीय पक्षमा जोड दिनुपर्ने भन्दै उहाँले शिक्षक र अभिभावकहरू सँग आग्रह गर्नु भयो ।
बटेश्वर गाउँपालिका का शिक्षा शाखा संयोजक रामलाल महतोले यस विद्यालय विद्यार्थीकाे संख्या न्यून रहेकाे र पटक–पटकको अनुगमनमा विद्यार्थीको संख्यामा वृद्धि गर्न विद्यालयलाई सहयोग गर्न तयार रहेको बताउनु भयो । विद्यार्थीकाे संख्या न्यून हुनुकाे मुख्य कारण विद्यार्थीहरूमा लागू पदार्था दुर्वसनिकाे प्रभाव भएको भन्दै शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूलाई त्यस प्रति ध्यानाकर्षण समेत उहाँले गराउनु भयो ।
आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियार सहित समाजसेवी एवं बौद्धिक वर्गहरूको उपस्थिति रहेको थियाे।
