माछापुच्छ्रे गाउँपालिकामा मानवअधिकार समूहकोे समस्या पहिचान तथा कार्ययोजना बैठक २०८० भदौ २३ गते सम्पन्न भएको छ ।
बैठकबाट गाउँपालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान गरिएको छ । जसअन्तरगत शिक्षा क्षेत्रमा देखिएका समस्यामा विद्यालय परिसरभित्र सरसफाइको अभाव भएको, साथै बालमैत्री प्रविधिको अभाव रहेको, बालबालिकामैत्री र किशोरीमैत्री संरचना नभएको , विद्यार्थीहरू दुर्व्यसनमा फसेको तथा विद्यालयमा सञ्चालित खाजा कार्यक्रमको गुणस्तर केकस्तो छ भन्ने विषयमा अनुगमन नभएको लगायतका समस्या बैठकबाट पहिचान गरिएको छ ।
यस्तै स्वास्थ्य क्षेत्रमा देखिएको समस्यामा , स्वास्थ्य बीमा कार्यक्रम सबै नागरिकसम्म पुग्न नसकेको , बीमाबाट उपचार लिन निकै झन्झट हुँदा सेवाग्राही मर्कामा परेको लगायतका समस्या पहिचान गरिएको थियो ।
यसैगरी विभेदको सवालमा जातीय विभेद अभै पनि कायम रहेको दलित समुदायलाई भोजभतरेमा विभेद गरिएको, बालिका तथा महिलाहरू बढि हिंसामा पर्ने गरेको , हिंसामा परेका बालिका र महिलालाई न्याय पाउन गाह्रो हुने गरेको, हिंसा न्यूनीकरणका लागि पर्याप्त सचेतना नभएको जस्ता समस्या पहिचान गरिएको सहजकता सुस्मा आचार्य अधिकारीले जानकारी दिनुभयो ।
यस्तै वातावरण सम्बन्धी समस्याहरूमा फोहोरमैला मिश्रित गरि फाल्नाले व्यवस्थापनमा समस्या रहेको बताउनुभयो ।
मानवअधिकार समूहका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले पाँच ओटा निर्णय गरेको इन्सेक जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले बताउनुभयो ।
बैठकले संस्थाको नाम मानवअधिकार समूह माछापुच्छे« गाउँपालिका राख्ने निर्णय गरेको हो । यस्तै संस्थाको छाप, तथा लोगोकोे आकार कस्तो बनाउने भनेर निचोड निकालिएको सहजकर्ता आचार्यले बताउनुभयो । बैठकले समूहको कार्यालय लाहाचोकमा राख्ने निर्णय गरेको छ ।
बैठकले पाँच जनालाई अख्तियारी दिएर काम गर्न सहज हुने समेत बताएको छ । समूहका अध्यक्ष डिल्ली राम भण्डारी, सचिव खडानन्द गौतम, उपाध्यक्ष सुनिता परियार, कोषाध्यक्ष प्रेमकुमारी अधिकारी र जिल्ला सहजकर्ता शुष्मा आचार्यलाई बैठकले अख्तियारी दिएको हो । यो टोलीले गाउँपालिकामा समस्या पहिचान गरि समाधान गर्ने निर्णय समेत गरेको छ । समस्या पहिचान गरि कार्यान्वयन गर्ने र पहिचानमा आएका समस्यालाई समाधान गर्ने निर्णय गरेको आचार्यले बताउनुभयो ।
