INSEC Online

📅 २०८३ जेष्ठ २१

सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिकाको वडा नं. १ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० भदौ २१ गते सम्पन्न भएको हो ।

Photo_080-5-22_Makwanpur6

डब्लुपिडि नेपाल र इन्सेकको सहकार्यमा मनहरी गाउँपालिका वडा नं. १ मा ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण’ रिन्यु परियोजना अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको अन्तर्क्रिया कार्यक्रममा महिला, मोटिभेटर, स्थानीय बाल क्लबका प्रतिनभधि, महिला समूहका सदस्यहरू, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

Photo_080-5-22_Makwanpur4

उक्त अन्तर्क्रिया कार्यक्रममा महिला हिंसा बालबालिकामाथि गरिने दुर्व्यवहार तथा यससँग सम्बद्ध समुदायसँग जोडिएका समस्याहरूमा सामुदायिक विद्यालयमा अझैपनि छात्रामैत्री शौचालय नभएको, बालमैत्री कक्षा व्यवस्थापन हुन नसकेको, निर्णायक प्रकियामा महिलाहरूको सहभागिता न्यून रहेको, समाजमा अझै पनि महिलाहरूमा घरेलु हिंसा हुने गरेको र विद्यालयमा छात्रावृत्ति प्रदान गर्दा छनौट प्रक्रियामा पारदर्शी हुन नसकेको बारेमा छलफल भएको थियो ।

Photo_080-5-22_Makwanpur3

यसैगरी, एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेको र अझै पनि स्वच्छ खानेपानी, सुरक्षित आवास र निशुल्क स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकारको भूमिकाको बारेमा छलफल भएको थियो ।

साथै उक्त छलफलमा बालबालिकाहरू दुर्व्यसन/धुम्रपान जास्ता कुलतमा रहँदा विद्यालय प्रशासन कहाँ छ ? बाल विवाह, घरेलु हिंसा, पुरुषहरूले मादक पदार्थ सेवन गरी बढ्दै गरेको हिंसाका घटना न्यूनीकरण गर्न स्थानीय सरकारको भूमिका कम रहेकोले यसलाई जागरुक बनाउन नागरिक समाजले सबैलाई सचेत बनाउन जरुरी रहेको विषयहरू थिए ।

Photo_080-5-22_Makwanpur

इन्सेक परियोजना संयोजक कृष्णप्रसाद नेपालले परियोजना लक्षित कार्यक्रमबाट महिला शसक्तिकरण र स्थानीय सरकारलाई जिम्मेवार बनाउन र मानव अधिकार मैत्री शासन व्यवस्था प्रणालीलाई अवलम्बन गर्नको लागि यो परियोजना केन्द्रित रहेको बताउनु भयो ।

मनहरी गाउँपालिकाको वडा नं. १ का वडा अध्यक्ष शिवप्रसाद खनालले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै यसरी आएको सबै सुझावहरूलाई सकारात्मक रूपमा लिएर सबै क्षेत्रमा वडा कार्यालयले योजना बनाई अगाडि बढ्ने बताउनु भयो ।

Photo_080-5-22_Makwanpur7

अन्य

भिडियो