INSEC Online

📅 २०८३ जेष्ठ २१

माछापुच्छ्रे गाउँपालिकामा मानवअधिकार समूहको बैठक सम्पन्न

माछापुच्छ्रे  गाउँपालिकामा मानवअधिकार समूहको दोस्रो बर्षको पहिलो बैठक २०८० भदौ १६ गते लाहाचोकमा सम्पन्न भएको छ ।

मानवअधिकार समूहका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले चार निर्णय गरेको इन्सेक जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले बताउनुभयो । बैठकले पहिलो निर्णय गर्दै गाउँपालिका स्तरीय मानवअधिकार समूह पहिलेकै अनुसार पुर्नगठन गर्ने निर्णय गरेको हो । उक्त समुहले गाउँपालिकामा मानवअधिकार सम्बन्धी तालिम दिने, प्रत्येक वडास्तरीय समूह गठन गर्ने, परिचय पत्र बनाउने, शिक्षा स्वास्थ्य वातावरणको अवलोकन गर्ने र घुम्ती बैठकद्धारा ज्ञापन पत्र पेश गर्ने, विद्यालयमा कोषको खोजीगरी वितरण गर्ने र वार्षीक समीक्षा प्रतिवेदन निर्माण गर्ने निर्णय गरेको सहजकर्ता आचार्यले बताउनुभयो ।

उक्त बैठकले गाउँपालिका स्तरीय मानवअधिकार समूहको प्रतिवेदन तथा प्रस्ताव मिति २०८० भदौ २८ गते सम्ममा तयार गर्ने नर्णय गरेको हो । बैठकले गाउँपालिकाको मानवअधिकार समूहलाई बैधानिकता दिन गाउँपालिकामा दर्ता गर्ने र विधान निर्माण गर्ने निर्णय गरेको हो । जसको संयोजक डिल्लीराम भण्डरीले गर्ने र सदस्यमा कुल प्रसाद अधिकारी, खडानन्द गौतम, अम्विका लम्साल, सुनिता परियार रहनुहुनेछ ।

मानवअधिकार समूहले गाउँपालिका भित्र बसोबास गर्ने जनताको हक हितका लागि न्याय पाउनका लागि तथा समुह सञ्चालनका लागि गाउँपालिका तथा वडाबाट रकम माग गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा मानवअधिकार समूहमा अध्यक्ष डिल्लीराम भण्डारी, उपाध्यक्ष  सुनिता परियार, सचिव खडानन्द गौतम, कोषाध्यक्ष प्रेमकुमारी अधिकारी, सदस्यमा कुलप्रसाद अधिकारी, शोभा मोहन लम्साल, दिलु पुन, रमा अधिकारी, अम्बिका लम्साल, बलराम पौडेल, देवी अधिकारी, सुजता सुनार र केशकुमारी गुरुङ को सहभागिता रहेको थियो  । बैठको सहजीकरण जिल्ला सहजकर्तामा शुष्मा आचार्यले गर्नुभएको थियो ।

manab adhikar samuha batheskaski human right group meeting

अन्य

भिडियो