INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार ११ गते धादिङबेसीमा सम्पन्न गरेको छ ।

IMG_6832

सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा ३३ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

जसमा हत्याका तीन जना, कुटपिटका दुई जना, गाउँसभा झडपबाट एक जना, बालक कुटपिटका एक जना, बाल बलात्कारका आठ जना, बालयौन दुर्व्यवहारका चार जना, महिला बलात्कारका तीन जना, महिला बलात्कार प्रयासका ६ जना, मानव बेचबिखनका दुई जना, कथित बोक्सी आरोपका एक जना, बहुविवाहको एक जना, आत्महत्या दुरुत्साहनको एक जना पीडित भएका छन् ।

IMG_6834

कार्यक्रममा जिल्ला अदालतका श्रेस्तेदार खुम भण्डारीले मानव अधिकार स्थान अनुसार र परिवेश अनुसार उपभोग गर्दा फरक फरक विषयलाई मानव अधिकारका रुपले व्यख्या गर्ने गरिएको बताउनु भयो ।

मानव अधिकारलाई स्थानीय रुपमा फरक किसिमले बुझ्नु पर्ने उहाँको धारणा थियो । इन्सेकले अभियलेख गरेको घटनालाई इतिहासको रुपमा रहेकोले धन्यवाद दिनुभयो ।

IMG_0520

धादिङ जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष विश्वराज अधिकारीले आत्महत्या दुरुत्साहन मुद्दा मनपरी रुपमा आएको र कानुनीरुपमा भएको व्यवस्थाको दुरुपयोग भएकोले सबै आत्महत्या दुरुत्साहनलाई गम्भीर रुपमा लिन नसकिने बताउनु भयो ।IMG_20230626_134903

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल बागमती प्रदेशका अध्यक्ष गायत्री खतिवडाले विपदको समयमा तत्काल राहत उद्धार गर्नु पर्ने स्थानीय सरकारले विस्थापित भएर बसेको धेरै समय भइसक्दा पनि त्रिपाल समेत नदिएर स्थानीय सरकारले मानव अधिकार विरोधी काम गरेको बताउनु भयो ।

IMG_6838

नेपाल मानव अधिकार सङ्गठन, धादिङका अध्यक्ष एवम् अधिवक्ता कृष्णराज अधिकारी, विष्णुकुमार श्रेष्ठ, खिल गीरी, दलित सेवा सङ्घका अध्यक्ष श्याम मगराती, दलित अधिकारकर्मी बेगबहादुर सुनार, अपाङ्गता अधिकारकर्मी राजु रेग्मी, धादिङ अस्पतालका कृष्णलाल उप्रेती, लगायतले मानव अधिकार व्यक्तिको अधिकार भएकोले राज्यले संरक्षण र सुरक्षाको जिम्मा लिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्लामा क्रियाशील मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

IMG_6839

अन्य

भिडियो