INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहद्वारा मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन र अनुगमन समिति गठन गर्न माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहले मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजना (२०७८–२०८२) कार्यान्वयन र अनुगमन समिति गठन गर्न चैत २८ गते खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकलाई माग पत्र बुझाएको छ ।

अध्यक्ष विकले मानव अधिकारको सवालमा सम्वेदनशिल रहेको भन्दै सामाजिक शाखा हेर्ने अधिकृतसँग समन्वय गरी बैठकको तयारी गरेर कार्यान्वयन र अनुगमन समिति गठन गर्ने प्रतिद्धता गर्नुभयो ।

मानव अधिकार समूहको चैत २८ गते बसेको बैठकमा छलफल गरी खजुरा गाउँपालिका अध्यक्ष  विकलाई भेटघाट गरी कार्यान्वयन र अनुगमन समिति गठन गर्न माग गर्ने निर्णय गरेको थियो ।

मानव अधिकार राष्ट्रिय कार्ययोजनाको ४.२.४ मा कार्यान्वयन, समन्वय र अनुगमन स्थानिय तह समन्वय समितिमा स्थानिय तहको प्रमुख वा अध्यक्ष –संयोजक स्थानिय तहको उप प्रमुख वा उपाध्यक्ष सदस्य , वडा अध्यक्षहरू सदस्य , सम्बन्धीत विषय हेर्ने अधिकृत सदस्य ,अध्यक्षले तोकेको एक जना महिला सहित नागरिक समाजका तीन जना प्रतिनिधि सदस्य , स्थानिय तहमा रहेको सुरक्षा निकायको कार्यालय प्रमुख सदस्य ,स्थानिय तहको प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेने व्यवस्था रहेको छ ।

नेपालसरकार प्रधान मन्त्री तथा मन्त्री परिषद्को कार्यालयले तयार पारेको मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजना प्रत्येक स्थानिय तह, प्रदेश तह र सङ्घीय तहमा यसको कार्यान्वयन र अनुगमन समिति रहेने व्यवस्था रहेको छ ।

नेपाल सरकार प्रधान मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले इन्सेकसँगको सहकार्यमा कार्यान्वयन गर्न गराउन सहजीकरणको लागि जिम्मेवारी दिएको छ ।

Photo1104202302banke

अन्य

भिडियो