INSEC Online

📅 २०८३ जेष्ठ २१

चितवनको कालिका नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा चितवनको कालिका नगरपालिकामा मानव अधिकार समूहका सदस्यहरूका लागि समस्या पहिचान कार्यक्रम ०७९ फगुन ८ गते कालीका नगरपालिका वाडा न. ८ को वडा कार्यालयामा मानव अधिकार समूहको संयोजक निर्मला थापाको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त कार्यक्रममा मानव अधिकार समूहका सम्पुर्ण सदस्यहरू विभिन्न राजनीतिक दलका व्यक्तित्वहरू र पत्रकार आदिको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तहमा भएका समस्याहरू कसरी समाधान गर्न सकिन्छ र आगामी कार्ययोजनाका बारेमा छलफल भएको थियो ।

Photo_097-11-10_Chitwan.

कार्यक्रममा ११ ओटै वाडाका मानव अधिकार समूहमा आवद्ध भएका सदस्यहरूले आआफ्नो समस्या राख्नुभएको थियो ।

फोहोरको सही व्यवस्थापन हुन नसकेको, बालबालिकामैत्री विद्यालय भएतापनि अपाङ मैत्री विद्यालय नभएको सबै वडाको सामूहिक समस्या रहेको मानव अधिकार समूहको सदस्य पारवती कुमारी वाइवाले जानकारी दिनुभएको थियो ।

उक्त पालिकामा अति विपन्न परिवार, सुकुम्वासी बस्ति रहेको र अति गरिब भएका कारण बालबालिकाले पढ्न नपाएको, उक्त बस्तिमा बालबिवाह हुने गरेको वाइवाले बताउनु भयो ।

कुनै कुनैे, सामुदायिक विद्यालयमा विद्यार्थी भन्दा शिक्षकको संख्या धेरै रहेको मानव अधिकार समूहको सदस्य खिल प्रसाद शर्माले जानकारी दिनुभयो । विद्यार्थीहरूले आर्थिक अभावका कारण बीचमा विद्यालय छोड्नु परेको शर्माले उल्लेख गर्नुभयो ।

Photo_097-11-10_Chitwan

सबै वडामा स्वस्थ्यसंस्था भएतापनि नगर अस्पतालमा गुणस्तरिय थेरापि नभएका कारण सर्वसाधारणले असहज महसुस गरेका वडा नं ८ का वडा अध्यक्ष चित्र बहादुर मगरले बताउनु भयो ।

स्वास्थ्य चौकीमा निसुल्क रुपमा वितरण गर्ने औषधि पनि सहज रुपमा नपाएको र स्थानीय बासिन्दाहरूले बाटोमा फसलहरू सुकाउँदा बढि दुर्घटना हुने गरेको मगरले गुनासो गर्नुभयो ।

कुनै कुनै वडामा सार्वजनिक शौचालयको व्यवस्था नभएकोले बाहिर दिसा पिसाब गर्नुपर्ने बाध्यता रहेको र आफ्नो वडा र पालिकामा भएका समस्या समाधान गर्न आफ्नो पुर्ण रुपमा सहयोग रहने मगरले बताउनु भयो ।

कार्यक्रमको सहजिकरण इन्सेक चितवन सहजकर्ता गायत्री गिरी र इन्सेक बागमती प्रदेश कार्यक्रम अधिकृत बालुका न्यौपानेले गर्नुभएको थियो ।

Photo_097-11-10_Chitwan..

अन्य

भिडियो