INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २० गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले सन २०२२ जनावरी  देखि डिसेम्बर सम्ममा सङ्कलन गरिएका २० ओटा घटना प्रस्तुत गर्नु भएको छ ।

सङ्कलन गरिएका घट्नाहरु इन्सेक जिल्ला प्रतिनिधिले समीक्षा कार्यक्रमा सरोकारवालहरु बिच प्रस्तुत गरेका थिए ।  संकलन गरिएका २० घट्ना मध्ये कुटपिटका छ ओटा, आर्थिक अधिकारको एक ओटा, घरेलु हिंसा दुई ओटा, बिष्फोटका दुई ओटा र महिला सम्बन्धि हुने सबै खाले भेदभाव तथा बलात्कारका नौ ओटा घट्ना प्रस्तु भएका थिए ।

उक्त कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले इन्सेकले प्रकाशन गर्दै आएको  मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको संरक्षणमा राज्यलाई सचेत बनाउने गरेको र पुस्तकमा सत्यतथ्य घट्ना समेटिनु पर्ने बताउनु भयो ।

सोही कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभाष हमालले मानव अधिकारको संरक्षणमा बर्दीधारी सुरक्षाकर्मीको मात्र जिम्मा नभई अन्य सरोकारवाला निकायको पनि भएकाले सबै सचेत हुनु पर्ने बताउनु भयो । जिल्ला अदालतका नायव सुब्बा जयलाल बुढाले मानव अधिकार वर्ष पुस्तक पीडितहरूको दस्तावेज भएकाले यसमा समिटिने सबै घट्ना सत्य तथ्य हुनु पर्ने बताउनु भयो । कार्यक्रममा २१ जना सहभागीता रहेको थियो ।

Photo20230104Mugu (2)

Photo20230104Mugu (1)

अन्य

भिडियो