INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि पूर्व समीक्षा कार्यक्रम ०७९ पुस १२ गते चौतारामा सम्पन्न भयो ।

सन् २०२२ मा सिन्धुपाल्चोक जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनक ४० ओटा घटना समावेश गरिएको प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले सरोकारवाला बीच प्रस्तुत गरेका गर्नु भएको थियो ।

जिल्लामा यस वर्ष इन्सेकले अभिलेख गरेको मानव अधिकार उल्लङ्घनका ४० ओटा घटना मध्ये व्यक्तिगत हत्याका ६, बालअधिकारका १२, महिला अधिकारका १८, कुटपिटका दुई, हिरासतमा यातनाको एक, संरचना ध्वस्त एक र कारागारमा मृत्यु एक रहेका छन्  ।

समीक्षा कार्यक्रममा बोल्दै राष्ट्रिय अनुसन्धानकी इन्स्पेक्टर नविना प्रजापतिले सुरक्षाकर्मीले सँधै मानव अधिकारको संरक्षणमा खटिनुपर्ने धारणा राख्नुभयो ।

1

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले सुरक्षाकर्मीको प्रमुख भूमिका नागरिकहरूको मानव अधिकार संरक्षण गर्नु भएको धारणा राख्नुभयो  ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेश थापाले मानव अधिकार हननका घटना  सङ्कलनको अलावा इन्सेकले मानव अधिकारसम्बन्धी सचेतना  कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल बारका जिल्ला अध्यक्ष भूपेन्द्र थिङले जेष्ठ नागरिकका अधिकार र बाल अधिकारमा इन्सेकले विशेष महत्व दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव बिदुर आचार्य, महिला मानव अधिकारकर्मी हरिकला भट्ट लगायतले घटनामा आधारित भएर आआफ्नो धारणा राख्नु भएको थियो ।

2

अन्य

भिडियो