INSEC Online

📅 २०८३ जेष्ठ २१

मादी गाउँपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले कास्कीको मादी गाउँपालिकामा दुई दिने मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

तालिममा इन्सेका बारेमा जानकारी, मानव अधिकारको अवधारणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण र जातिय विभेद विरूद्धको अधिकार सम्बन्धी विषय समावेश गरिएको थियो ।

साथै ०७९÷०८० मा गाउँपालिकामा के कस्तो नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था रह्यो, समूहकार्य, शिक्षा, स्वास्थ्य, वातावारण र जातिय विभेदको सुधारको लागि कस्तो भूमिका निर्वाह भयो र आगामी रणनीति कस्तो रहेको छ भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको प्रस्तुतिकरणमा शुशासन र मानवअधिकार, नेतृत्व विकास, न्यायीक समितिको काम, कर्तव्य र अधिकार, मानवअधिकार समूहको काम तथा आचार संहिता, कार्ययोजना निर्माणको बारेमा छलफल र प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्याल, इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा, सुमन चापागाई, लक्ष्मी कोइराला, सहजकर्ता शुष्मा आचार्यले सहजिकरण गर्नुभयएको थियो ।

320229483_550899486946225_4480941783866051626_n320230928_546558107127011_3142241378878869022_n

अन्य

भिडियो