INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रम ०७९ पुस ५ गते सम्पन्न भएको छ । जिल्लामा भएका मानवअधिकार उल्लंघन र मानवअधिकारसँग सरोकार भएका घटनाहरूको पृष्ठपोषण तथा सुझाव सङ्कलनका लागि वार्षिक समीक्षा गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले धादिङबेसीमा सरोकारवाला बीच सन् २०२२ मा भएका घटनाहरू बारे सारेकारवालाहरूलाई जानकारी दिँदै छुटेका घटनाबारे जानकारी दिन आग्रह गरेको छ ।

इन्सेकले मानवअधिकार वर्ष पुस्तकका लागि ३७ ओटा घटना भएको उल्लेख गर्दै हत्याका घटनामा ३ जनाको मृत्यु, प्रदेश, संघ र स्थानीय तहको निर्वाचनमा भएका झडप र कुटपिटका १२ घटनामा ३७ जना घाइते, बलात्कार ३ ओटा, बलत्कारको प्रयास १ ओटा, बाल यौन दुर्व्यवहारका पाँच ओटा,  जातीय छुवाछुतका २ ओटा, सम्पत्ती क्षतिका १ ओटा घटना, बहुविवाह, आत्महत्या दुरुत्साहन, बालक कुटपिटका एक एक घटना भएको इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारी जानकारी दिनुभयो ।

IMG_7587

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले  मानव अधिकारको आधारभूत विकास गर्न कानुन न्यायको दृष्टिले सबैले आफ्नो जिम्मेवारी पूरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनुभयो । उहाँले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कूलमान विकले राज्यको ध्यान नपुगेको विषयमा समेत घटनाहरू सार्वजनिक भएपछि राज्यले मानवअधिकारका लागि काम गर्ने भएकोले निरन्तर प्रकाशनका लागि आग्रह गर्नुभयो । नागरिकका आधारभुत अधिकार नै मानव अधिकार भएकोले राज्यले पुरा गर्नुपर्ने उहाँको धारणा थियो।

धादिङ बार एसोसिएसनका अध्यक्ष विश्वराज अधिकारीले मानवअधिकार संरक्षणको दायित्व राज्यको भएको र यसका लागि सबै मिलेर  निरन्तर आवाज उठाउन र आफूपनि मानवअधिकारका विषयमा आवाज उठाउने बताउनुभयो। धादिङ जिल्लाको समस्या भनेको भ्रष्टाचार भएकोले यसका विरुद्ध लाग्न, जिल्लामा भएका मालपोत लगायतका विषयको अनियमितता बारे जनताको पक्षमा उभिन सरकारहरूसँग आग्रह गर्नुभयो।

IMG_3881

महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय संजालका बागमती प्रदेश अध्यक्ष गायत्री खतिवडाले महिलाको मानवअधिकारबारे वर्ष पुस्तकका सबै घटना उल्लेख गर्न आग्रह गर्दै आर्थिक सामाजिक सांस्कृतिक अधिकारबारे खासगरि खाद्य अधिकारका विषयमा विशेषरूपले सार्वजनिक गर्नु पर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी  कार्यालयका प्रहरी निरिक्षक धर्मजंग थिङले  मानववअधिकार संरक्षणर पालनाका लागि नेपाल प्रहरी प्रतिवद्ध रहेको र मानवअधिकारका विषययमा सचेतरहेको बताउनुभयो।

कार्यक्रममा दलित सेवा संघका अध्यषश्याम मगराती, धादिङ अस्पतालका कृष्णलाल उप्रेती, नेपाल मानवअधिकार संगठनका अध्यक्ष कृष्णराज अधिकारी, अधिवक्ता रामकृष्ण अधिकारी, लगायतले नागरिकहरूले जिल्लामा मतदाता शिक्षा नभएको, नागरिकले जिल्ला तहमा भएका सेवा प्रवाहमा सास्ती खेप्नुपरेको, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउन जनताले दुख पाएको , स्थानीय सरकारको न्यायिक समितिले दिने न्यायमा ढिलाइ भएको गुनासो गर्नुभएको थियो।

IMG_3870

अन्य

भिडियो