१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-६ का २७ वर्षीय भिमबहादुर कामीलाई आरोपितको घरैबाट माघ ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ ३ गते बलात्कार गरेको भनी पीडित बालिकाले माघ ४ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख इन्स्पेक्टर दिपेश बस्यालले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ४ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको इन्स्पेक्टर बस्यालले बताए ।