इन्सेक र मैथिली साहित्य कला प्रतिष्ठान (मिलाफ)लगायतको आयोजनामा मङ्सिर २३ गते राजविराजमा लैङ्गिक हिंसा विरुद्ध प्रतियोगितात्मक कविता गोष्ठि सम्पन्न भएको छ ।
“सभ्य समाजको पहिचान: लैंङ्गिक हिंसा बिरुद्धको अभियान” सन्दर्भमा आयोजित प्रतियोगितामा उर्जा साह प्रथम, कल्पना साह द्वितीय र शोभाकान्त यादव तृतीय हुनु भयो । विजेताहरुलाई साहित्यकारहरु नन्दलाल आचार्य, मञ्जु श्रेष्ठ र इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले पुरस्कार वितरण गर्नुभयो ।
मिलाफकी अध्यक्ष रमिला साहको अध्यक्षतामा राजबिराज नपा को सभाकक्षमा सम्पन्न “मैथिली कविता प्रतियोगिता” मा मञ्जु श्रेष्ठ, बिद्यानन्द बेदर्दी, दिनानाथ यादव, शम्भु श्री, गजेन्द्र गजुर, मीना साह, संजय शर्मा, अनीता चौधरीलगायतकाले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हित नारायण लाल दास, राजबिराज नपा महिला, बालबालिका, जेष्ठ नागरिक शाखा प्रमुख अनिता चौधरी, महिला मानव अधिकार रक्षक सञ्जालकी नानीमैया कटवाल, मेची महाकाली बुहारी संयुक्त आवाजकी कोषाध्यक्ष रत्ना तामाङ, नेपाल मजदुर यातायात संघका अध्यक्ष संजय साह, अनुसंधान विकास केन्द्रकी अध्यक्ष कविता प्रमाणीलगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम