“जीवन मर्यादा, समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार सभ्य समाजको पहिचान” नाराका साथ लैङ्गिक हिसांविरूदको १६ दिवसीय अभियान जिल्लामा मनाइएको छ ।
१६ दिवसीय अभियानको सन्दर्भमा मङ्सिर २१ गते इन्सेकलगायत विभिन्न सङ्घसंस्थाको आयोजनामा जिल्लामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेक, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङ र महिला मानव अधिकार रक्षक सञ्जालले संयुक्त रूपमा दिक्तेल बहुमुखी क्यापसमा अभिमुखीकरण सम्पन्न गरिएको हो ।
कार्यक्रममा महिला हिंसाबाट बच्नको लागि अपनाउनु उपाय, उजुरी दिने तरीका तथा समाजलाई सकारात्मक बनाउन शिक्षक, विद्यार्थीको भूमिकाको विषयका इन्सेक प्रतिनिधिले सहजीकरण गर्नु भयो ।
अभिमुखीकरणका क्रममा इन्सेकले जिल्लामा मानव अधिकारको अवस्थाका विषयमा छलफल गरेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङका निमित्त प्रमुखले नेत्र गोतमले मानव अधिकारको विषय सिमित मात्र नभई व्यापक वनाउनु पर्ने बताउनु भयो ।
क्यापस प्रमुख हिराकुमार राईले मानव अधिकारसँग जोडिएको सामाजिक कार्यक्रमले जनचेतना फैलाउन सहयोग गर्ने भएकाले कार्यक्रमको निरन्तरताका आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर रोमनराज अर्यालले प्रहरीले महिला तथा वालबालिकाको क्षेत्रमा विषेश ध्यान दिएर आप्नो युनिट परिचालन गरेको बताउनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष पूर्णमाया तामाङले महिला घर वाहिर सहज रूपमा आफ्नो काम गर्न पाउनु मानव अधिकारको हिस्सा भएपनि अहिलेको समयमा पनि महिला सामाजिक हिसाबले असुरक्षित रहेको बताउनु भएको छ ।

