इन्सेक र असामान नेपाल लगायतकाले राजविराजमा मङ्सिर २१ गते लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया र र्यालीको आयोजना गरेको छ ।
लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको अवसरमा आयोजित अन्तरक्रिया र र्याली कार्यक्रमका वक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले सबै तह, क्षेत्र र संरचनामा लैङ्गिकमैत्री वातावरणको निर्माण गरिनु पर्ने बताउनु भयो ।
समृद्ध समाजका लागि समान अग्रसरता र नेतृत्वदायी भूमिका जरुरी रहेको र त्यस्का लागि मानसिकता परिवर्तन हुनुपर्ने उहाँले बताउनु भयो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले महिला हिंसा अन्त्यको लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राजविराज नगरपालिकाकी अनीता चौधरी, सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्मा, सहयोगी समाजका रामप्रकाश चौधरी, मिलाफकी अध्यक्ष रमिला साह, थारु महिला समन्वय समितिका अध्यक्ष चन्द्रकला चौधरी, प्याब्सन मधेस प्रदेशकी उपाध्यक्ष रिभा मिश्र, आसमान नेपालकी रेणु सिंह र शान्ता सिंहले शुभकामना मन्तव्य राख्नु भयो ।
कार्यक्रममा लैङ्गिक हिंसा बिरूद्ध अभियानमा संलग्न इन्सेक प्रतिनिधि पोखरेलसहित अधिकारकर्मीहरुलाई सम्मान गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रम अघि हिंसा विरुद्धको प्लेकार्डसहित निक्लिएको जुलुसले नगर परिक्रमा गरेको थियो । जुलुसमा जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेलगायत सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो ।
कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम