INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसाविरुद्ध प्रतिकार गर्न आग्रह : उपाध्यक्ष पुलामी

मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले राज्यले महिलालाई यथोचित व्यवस्था गर्ने भन्दै गर्दा र प्रयास हुँदै गर्दा अझै महिला हिंसा हुनु दुखद घटना भएको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २० गते मनहरीमा आयोजना गरेको महिला माथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
साथै कार्यक्रमा बोल्दै उहाँले हिंसा सहेर नबस्न आग्रह समेत गर्नुभएको छ । सचेत महिलाहरूनै हिंसामा परेको देख्दा तल्लो तहको महिलाको अवस्था कस्तो होला भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।

316156198_540338354607206_6365249407031270115_n-1024x461

महिला भनेको मायाको खानी हौँ भन्दै हिंसालाई कम गराउन घरको सदस्यलाई अलि माया देखाउन उपस्थित महिलाहरूमा आग्रह समेत गर्नुभयो ।

त्यस्तै हिंसा न्यूनीकरण गर्न सिंगो गाउँपालिका टिम नै लागिपर्ने बताउनुभएको छ । पालिका भित्रका महिला समूहलाई सक्रिय भएर गाउँपालिका सँगसङ्गै हातेमालो गर्दै अगाडि आउन समेत आग्रह गर्नुभयो ।

साथै अन्तर्क्रिया कार्यक्रममा सहभागी महिलाहरू लागू पदार्थको सेवनले महिला हिंसामा परेको, ज्याला गरेको पैसा मात्र आफूले प्राप्त गर्ने गरेको लगायतको समस्या भोग्नु परेको दुखेसो व्यक्त गरेका थिए।

त्यस्तै छोरोबाट अपहेलना, श्रीमानबाट अपहेलना, अर्कि महिलासँग लागेर घरकी श्रीमती बेपत्ता जस्ता विषयमा कार्यक्रमका सहभागीहरूले रुदै मनको बेदना पोखेका थिए ।

कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ का वडा अध्यक्षहरू, स्थानीय सञ्चारकर्मी तथा स्थानीय महिलाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्येश्यबारे इन्सेकका कार्यक्रम संयोजक कृष्ण नेपालले प्रष्ट पार्नुभएको थियो भने रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर शिव कुमार रिजाल (काशी) ले सहजीकरण गर्नुभएको थियो  ।

317223577_368073312200253_3084091924469566387_n

अन्य

भिडियो