INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानका अवसरमा महिलाअधिकार सम्बन्धी अभिमुखिकरण

माछापुच्छ्रे गाउँपालिका मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ०७९ का अवसरमा  महिलाअधिकारको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले, सामाजिक विकास कार्यालय पोखरा , महिला मानवअधिकार रक्षक संञ्जाल, शक्ति समूह तथा फेडोको समन्वयमा भएको सो कार्यक्रममा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले समाज परिवर्तनका लागि सबै पक्ष सक्षम ,हुन जरुरी रहेको बताउनुभयो ।

गाउँपालिकाबाट आवश्यक नितिहरू  ल्याउन आवश्यक भएको बताउँदै मन्त्री श्रेष्ठले सिपलाई उत्पादनमा जोड्न सके, सामूहिक खेतीमालागे बेरोजगारी न्यूनिकरण गर्न सकिने, उत्पादित वस्तुको उचित मूल्य उपलव्ध गराउन पहल गर्नुपर्ने बताउनुभयो।

माछापुछ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले नीतिगत रूपमा कसरी अगाडि जाने भन्ने बारेमा कार्यक्रम बनाएको बताउनुभयो । उँहाले अहिले समाज रुपान्तरणको चरणमा रहेको बताउँदै आफ्नो अधिकार आफैंले खोज्न जरूरी रहेको बताउनुभयो ।

thumbnail_processedprocessed

अन्य

भिडियो