INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी गाउँपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र

इन्सेकद्धारा सञ्चालित कोशी गाउँपालिकामा सञ्चालित स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजनाका लागि मानव अधिकार समूह कोशीले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

परियोजनाले समेटेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाललाई सम्बोधन गर्न माग गर्दै कोशी गाउँपालिकाका आठ ओटै वडामा समूहले ज्ञापनपत्र बुझाएको मानव अधिकार समूह कोशीका अध्यक्ष राजकुमार शर्माले बताउनु भयो ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका साथै अन्य क्षेत्रका १२ ओटा माग सम्बोधनका लागि जेठ १९ गते ज्ञापनपत्र बुझाएको मानव अधिकार समूह अध्यक्ष शर्माले बताउनु भयो ।

कोशी गाउँपालिका–१ का वडाध्यक्ष सोभितनारायण यादव, २ का वडाध्यक्ष ध्यानी उराँव, ३ का वडाध्यक्ष सुलेमान मञ्सुरी, ४ का वडाध्यक्ष इसराईल मियाँ, ५ का वडाध्यक्ष साह जमाल, ७ का वडाध्यक्ष लालदेव सदा र ८ का वडाध्यक्ष बलराम कुमार क्षेत्रीलाई ज्ञापन पत्र बुझाएको समूह अध्यक्ष शर्माले बताउनु भयो ।

अध्यक्ष शर्माले विद्यालय शिक्षामा गुणस्तरीयताका लागि विद्यालयसगैँ मदर्सामासमेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, विद्यालयमा शिक्षक सरूवा बढुवामा विषयगत र तहगतमा ध्यान दिनुपर्ने, वडामा कृषि, पशु, शिक्षा र स्वास्थ्य संस्थामा अनुगमन गरी जबाफदेहिता र नियमितताका लागि सुझाव दिने काम अनुमगन समितिले गर्नुपर्ने, प्रत्येक वडाका कृषकहरूलाई रासायनिक मल, उन्नत जात बिउविजन समयमा उपलब्ध गराउनुपर्ने, माटो सुहाउँदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने, सुकुम्बासीका लागि लालपूर्जा वितरणको पहल गर्नुपर्ने, आवास अधिकार सुनिश्चित गर्नुपर्ने, सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकार अन्तरर्गत गाउँपालिका र वडाले तथ्याङ्क सङ्कलन गर्नुपर्ने माग सहितको ज्ञापनपत्र बुझाइएको छ ।

लक्षित वर्गका योजना तथा कार्यक्रमहरू लक्षित समुदायको र समूहको सहभागितामा सञ्चालनमा ल्याउन माग गरेको समूहका सचिव विष्णुकुमार यादवले बताउनु भयो ।

कोशी गाउँपालिका १, २, ३, ४ र ५ सहित श्रीपुर क्षेत्रमा सिञ्चाईका लागि हरिपुर शाखा नहरको मर्मत सम्भारका लागि पहल गर्नुपर्ने र मदर्साका छात्राका लागि समेत स्यानेटरी प्याडको व्यवस्था गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको मानव अधिकार समूह सदस्य रीना मण्डलले बताउनु भयो ।

ज्ञापनपत्र बुझाउने क्रममा गाँउपालिकाको लौकही, हरीपुर, भण्टाबारी र कोशी व्यारेज बजार क्षेत्रमा खाद्य वस्तु विक्रि अव्यवस्थित भएको र मिसावटयुक्त विक्रि गरेको गुनासो आएकाले त्यसमा पनि नियमित अनुगमन गर्नुपर्ने सुझाव दिइएको छ ।

गाउँपालिकाका अध्यक्ष ऐयुव अञ्सारीले मानव अधिकार समूहको कार्य र अभियान सार्थक रहेको बताउनु भयो ।

ज्ञापनपत्र बुझेपछि सबै वडाध्यक्षहरूले मानव अधिकारमैत्री गाउँपालिका निर्माणका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

बजेटमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालाई समावेश गर्ने र सोही अनुसार कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

photo 2022061 sunsari (1)

photo 2022061 sunsari (2)

photo 2022061 sunsari (3)

photo 2022061 sunsari (4)

photo 2022061 sunsari (5)

photo 2022061 sunsari (6)

photo 2022061 sunsari (7)

अन्य

भिडियो