INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न

इन्सेक सल्यानको आयोजना र शारदा नगरस्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन ३० गते शारदा नगरपालिकामा सम्पन्न गरिएको छ ।

शरदा नगरपालिका–३ का ज्येष्ठ नागरिक देवराज आचार्यले पहुँचको आधारमा विकास हुने गरेको आरोप लगाउनु भयो ।

पिछडिएका र लक्षित वर्गलाई आवश्यक भएका कार्यक्रम भन्दापनि आपूm नजिकका व्यक्तिहरूका लागी कार्यक्रम लक्षित भएको उहाँले बताउनु भयो ।

ज्येष्ठ नागरिकका लागिसमेत नगरपालिकामा कुनै विशेष खालको कार्यक्रम सञ्चालन नभएको उहाँको आरोप छ ।

एकल महिला संजाल सल्यानकी अध्यक्ष सुमित्रा नेपालीले एकल महिलाहरूलाई सीपमुलक कार्यक्रम सञ्चालन गरेर एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकासमक्ष आग्रह गर्नु भयो ।

त्रिभुवन जन मावि लुहापिङ्गमा कक्षा ९ मा अध्यनरत विद्यार्थी मित्रमणी दहालले विद्यालयमा खेलकुदका लागि पर्याप्त सामग्री र आवश्यक बजेटको समेत व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सोविता बस्नेतले बजार अनुगमन र मुल्य निर्धारण गर्नुपर्नेमा जोड दिनु भयो ।

स्थानीय नरेन्द्र वलीले शारदा नगरपालिकाले डम्पिङसाइड व्यवस्थित नभएकाले वातावरण प्रदुषण भएको बताउँदै पटकपटक अनुरोध गर्दासमेत नगरपालिकाले बेवास्ता गरेको आरोप लगाउनु भयो ।

शारदा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले पालिकाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्नेगरी काम गरेको बताउनु भयो ।

कार्यक्रममा शारदा नगरपालिका–२ का वडा अध्यक्ष केशव सिंह श्रेष्ठले नागरिकहरू आप्mनो अधिकारका लागि सचेत भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

लक्षित समूह पछाडि पर्ने गरेको सत्य भएको बताउँदै उहाँले आपूmहरूले छानबिन गरेर मात्रै सिरफारिस दिने गरेको बताउनु भयो ।

‘कतिपय सिफरिसहरू पहुँचकै आधारमा आउने गर्छन् । निम्न वर्गभन्दा पहिलो नाम हुनेखानेहरूको पनि आउँछ । तर, हामी छानबिन गरेर मात्रै अगाडि बढछौँ ।’–उहाँले भन्नु भयो ।

उहाँले कार्यक्रमका उठेका विषयहरुलाइ गम्भीरताका साथ पालिकाको कार्यपालिका बैठकमा पेश गर्ने बताउनु भयो ।

photo20220315salyan (1)

photo20220315salyan (2)

photo20220315salyan (3)

photo20220315salyan (4)

photo20220315salyan (5)

अन्य

भिडियो