INSEC Online

📅 २०८३ जेष्ठ २१

आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा ०७८ फागुन १९ गते मन्थलीमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बार एसोसिएसन रामेछापका अध्यक्ष विचारसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले आवासको अधिकारलाई स्थानीय सरकारले नीतिगत रूपमा नै व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिएका छन् ।

photoramechhap20220304

कार्यक्रममा मन्थली नगरपालिका प्रशासन शाखाका अधिकृत गोविन्द कट्टेलले नगरपालिकाले आवासको अधिकारको विषयमा नीति नबनाएको भए पनि आवास अधिकारको क्षेत्रमा भने काम गरिरहेको बताउनुभयो ।

भूकम्पपछिको पुनर्निर्माण काममा भने मन्थली नगरपालिकाले उल्लेख्य प्रगति गरेको उहाँले बताउनुभयो । कट्टेललले भूकम्प पछिको  पुनर्निर्माण क्रममा अधिकांश निजी आवास निर्माणको काम सम्पन्न भएको पनि जानकारी दिनुभयो ।

पत्रकार महासङ्घ रामेछापका सदस्य मिलन घिमिरेले नगरपालिकाले गरेका काम जनप्रतिनिधिलाई समेत जानकारी नहुनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

पत्रकार नवराज श्रेष्ठले नीतिगत व्यवस्था नहुँदा नागरिकको अपेक्षा अनुसार काम हुन नसकेको बताउनुभयो ।

उहाँले स्थानीय सरकारका सूचनामा नागरिकको मात्र होइन पत्रकारको समेत  पहुँच हुन नसकेको गुनासो गर्नुभयो ।

स्वास्थ्यकर्मी लक्ष्मी थापाले योजना निर्माण प्रक्रियामा नागरिक सहभागिता वृद्धि  गर्नुपर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाले विपतको कारण आवास गुमाएका नागरिकलाई आवश्यकता र मागको आधारमा राहत सहयोग गर्दै आएको बताउनुभयो ।

अन्य

भिडियो