INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

भोक्राहा नरसिंह गाउँपालिकाका गठित मानव अधिकार समूहका सदस्यहरू तथा स्थानीयलाई मानव अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम फागुन ७ गते सम्पन्न भएको छ ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा काम गर्दै आएको मानव अधिकार समूहका पदाधिकारी तथा स्थानीयलाई मानव अधिकार सम्बन्धी ज्ञान प्रदान गरेको इन्सेक सुनसरीले जनाएको छ ।

इन्सेकले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत भोक्राहा नरसिंह गाउँपालिकामा गठन गरेको मानव अधिकार समूहमा आवद्ध भएका पदाधिकारी तथा स्थानीयलाई मानव अधिकारका विषयमा आधारभूत ज्ञान प्रदान गर्नका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको इन्सेक प्रतिनिधिले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरका सूचना अधिकारी गीता दाहाल र मानव अधिकार अधिकृत चिरञ्जीवि कोइराला, इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले संयुक्त रूपमा मानव अधिकारका विषयमा अभिमुखीकरण गर्नु भएको थियो ।

हिंसामा प्रभावितलाई न्यायका लागि पहल गरी दिन इन्सेक वा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिने विषयमा जानकारी समेत गराएको इन्सेक प्रतिनिधिले बताउनु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकामा गठन भएको मानव अधिकार समूहका भोक्राहा नरसिंह गाउँपालिकाले  मानव अधिकार समूह लेखिएको ज्याकेट प्रदान गरेको छ ।

इन्सेकद्धारा गठित मानव अधिकार समूहले स्थानीय सरकारसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा महत्वपूर्ण कार्य गरेको मूल्याङ्कन गर्दै समूहका पदाधिकारीलाई ज्याकेट प्रदान गरिएको भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्ष पुनमकुमारी मेहताले बताउनु भएको छ ।

Photo 20220219 sunsari (1)

Photo 20220219 sunsari (2)

Photo 20220219 sunsari (3)

Photo 20220219 sunsari (4)

Photo 20220219 sunsari (5)

अन्य

भिडियो