INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य अधिकारका सवालमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १, कार्यालय  आयोजना तथा  नगरपालिकास्तरीय मानवअधिकार समूह अर्जुनधाराको समन्वयमा  स्वास्थ्यको अधिकारका सवालमा सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम पुस २२ गते शनिश्चरेमा सम्पन्न गरिएको छ ।

मानव अधिकार समूह अर्जुनधाराले शिक्षा अधिकारका सवालमा समस्या पहिचान गरी सो समस्या अर्जुनधारा नगरपालिकाका मेयर हिराकुमार राना समक्ष प्रस्तुत गरेको छ ।

मानव अधिकार समूहले पहिचान गरेका समस्यामा भिडियो एक्सरे सेवा बिहान ७ देखि १० बजेसम्म रहेकोमा १० बजेदेखि ५ बजेसम्म हुनुपर्ने, बीमाबाट सेवा लिनेले अस्पतालमा चेक गरे पनि वडाबाटै औषधि लिनुपर्ने समस्या रहेको, अपाङ्गमैत्री अस्पताल नभएको, अस्पतालमा नागरिक वडापत्र नभएको लगायत छन् ।

मानव अधिकार समूहका अध्यक्ष चन्द्र सुवेदीले स्वास्थ्य अधिकारका १५ ओटा समस्या र समस्या समाधानको सुझावसहित नगरपालिकालाई आग्रह  गरिएको बताउनु भयो ।

कार्यक्रममा मेयर हरिकुमार रानाले मानव अधिकार समूहले पहिचान गरेका समस्याहरूलाई समाधान गर्न सक्ने जति नगरपालिकाले गर्ने र नसकेका माथिल्लो निकायमा पहल गर्ने बताउनु भयो ।

स्वास्थ्य शाखाका प्रतिनिधि मुकुन्द बस्नेतले मानव अधिकार समूहले पहिचान गरेका समस्याका बुँदाहरूलाई नगरपालिकाले आगामी कार्यक्रममा समावेश गर्ने बताउनु भएको छ ।

Photo 20220106 Jhapa (2)

Photo 20220106 Jhapa (3)

Photo 20220106 Jhapa (4)

अन्य

भिडियो