नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सन् २०२१ मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्वको समीक्षा कार्यक्रम पुस १४ गते भरतपुरमा सम्पन्न भएको छ ।
सन् २०२० मा जिल्लामा १ सय १० ओटा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटना अभिलेख भएकोमा सन् २०२१ मा भने जम्मा ९२ ओटा घटना अभिलेख भएका छन् ।

चितवन इन्सेक प्रतिनिधिका अनुसार जिल्लामा अघिल्लो वर्षको तुलनामा सन् २०२१ मा ओटा घटना कम भएको अभिलेख प्रस्तुत गरेका थिए ।
वार्षिक पूर्व समीक्षा कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना कम हुनु सुखद पक्ष रहेको बताउनुभयो ।
उहाँले बदिलिँदो सूचना र प्रविधिको समयका कारण जटिल प्रकारका अपराधिक घटनाहरू हुने गरेको उल्लेख गर्दै एसपी अधिकारीले समाजका सबै नागरिक सचेत हुनु पर्ने बताउनुभयो ।
जिल्लामा सन् २०२१ मा महिला अधिकार अन्तर्गत महिला बलात्कारका १६ र बलात्कार प्रयासका सात ओटा र बहुविवाहका १० ओटा घटना अभिलेख गरिएको छ । मानव बेचबिखनका तीन ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।
यसैगरी बाल अधिकार तर्फ बालिका बलात्कारका २९ ओटा र १८ जना बालबालिका यौन दुर्व्यवहारका घटनामा पीडित भएका छन् । जसमा एक जना बालक छन् ।
एक जना महिला र तीन जना पुरुष गरी चार जना हत्याका घटनामा पीडित भएका छन् ।
