INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ ।

जनवरीदेखि डिसेम्वर १५ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पुस ८ गते रौतहटमा आयोजित एक कार्यक्रममा इन्सेक रौतहट प्रतिनिधि कोपिला तिमिल्सिनाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदनमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना ६४ ओटा उल्लेख छ । जसमध्ये बलात्कार प्रयासका १०,  बलात्कारका २८, बहुविवाहका ६, शिक्षकमाथि कुटपिटको एक, बलविवाहको एक, सामूहिक बलात्कारका दुई, एसिड प्रहारको एक लगायतका घटना समेटिएको छ ।

कार्यक्रममा निलहिरा समाजका प्रतिनिधि राधिका तिमल्सिनाले इन्सेकले समग्र मानव अधिकारको विषयमा वकालत तथा घटनाहरूको अभिलेखिकरण गर्दै आएकोले कार्यक्रम सराहनीय रहेको र तेस्रो लिङ्गीको विषयलाई पनि उठान गर्नुपर्ने बताउनु भयो ।

मानव अधिकार निगरानी समूह चन्द्रनिगाहापुरका सदस्य नर्मदा लामाले पीडितको न्यायका लागि सम्बन्धित निकायमा समन्वय गर्ने गरेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी लिलाराज लामिछानेले जिल्लामा जनसङ्ख्या बढेकाले अपराध तथा उल्लङ्घनका घटना पनि बढेको बताउनु भयो ।

चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरीले इन्सेकको काम मर्यादित, अनुशासित र सत्य तथ्यमा आधारित हुने भएकाले इन्सेकलाई धन्यवाद दिनु भयो । उहाँले आगामी दिनहरुमा अझै सुक्ष्म ढङ्गले घटनाहरुको अभिलेख राख्न आग्रह गर्नु भयो ।

photo20211223rautahat (1)

photo20211223rautahat (2)

अन्य

भिडियो