INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कास्कीको आयोजनामा स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालबीच अन्तरक्रिया कार्यक्रम मङ्सिर २६ गते सम्पन्न गरिएको छ ।

रुपा गाउँपालिका–७ स्थित रामकोट स्वास्थ्य चौकीमा सम्पन्न गरिएको उक्त कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख रविन कुमार श्रेष्ठले स्वास्थ्यको अधिकार साथै गाउँपालिकाले दिने सेवा सुविधाका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

Photo20211213Kaski1

कार्यक्रममा महिला स्वयमसेविका शोभा सुवेदीले स्वास्थ्य चौकीबाट उपचारको लागि प्रयोग गरिने सामान्य वस्तुको व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँले प्राथमिक उपचारका लागि सेवा दिन जाने क्रममा पञ्जाको समेत व्यवस्थापन स्वास्ग्य चौकीबाट हुन नसकेको बताउनुभयो ।

कर्यक्रममा सहभागी अम्बिका न्यौपानेले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सेवा सुविधा सन्तोष जनक नरहेको बताउदै उहाँले स्वयंमसेविकाहरु मास्क र सेनेटाइजरको व्यवस्थापन नगरिएको भन्दै त्यसबारे सरोकारबालालाई ध्यान दिन आग्रह समेत गर्नुभयो ।

Photo20211213Kaski2

गाउँपालिका कार्यपालिका सदस्य कृष्ण बहादुर विकले महिला स्वास्थ्य स्वयंसेविकाहरुका समस्याका विषयमा कार्यपालिकाको बैठकमा आवाज उठाउने गरेको बताउँदै आवश्यक व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो  ।

वडाअध्यक्ष दयासागर सुवेदीले वडा नम्बर ७ को तर्फबाट हरेक पटक कार्यपालिकामा महिला स्वास्थ्य स्वयंम्सेविकाहरुको समस्या बारे जानकारी गराइएको भएपनि पर्याप्त सम्बोधन हुन नसकेको भनाइ राख्नुभयो ।

कार्यक्रममा मानव अधिकार समूह र वडासंगै स्वास्थ्य कार्यालयको समन्वयमा पाठेघर, कुष्ठरोग र अन्य रोगका सवालमा अभियानको एकदिने तालिम आयोजना गर्ने निर्णय गरिएको सहजकर्ता तिर्सना तिमल्सेनाले बताउनुभयो ।

अन्य

भिडियो