INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया

बर्दिबास नपा–३ गौरीडाँडामा मङ्सिर २५ गते इन्सेकले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थानीय सरकारका जनप्रतिनिधि तथा सम्बन्धित निकायका सरोकारवाला वडा अध्यक्ष, वडा सदस्य, मानव अधिकार निगरानी समूहका पदाधिकारी, बाल अधिकार चेतना समूहका पदाधिकारी, स्वयम्सेविका, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित सरकारी प्रतिनिधि,नागरिक समाज र सञ्चार माध्यमलगायतको सहभागितामा आर्थिक, सामाजिक, सांकृतिक अधिकार अन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया गरिएको हो ।

photo20211212mahottari

अन्तरक्रियामा नगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश दाहालले १५ जना नगर शिक्षकको छनोट गरिसकेकोले विषयगत शिक्षकको कमी नहुने बताउनु भयो ।

स्वास्थ्य शाखा अधिकृत अशोक महतोले प्रत्येकको घरदैलोमा गई स्वास्थ्य जाँच गर्नका लागि विशेषज्ञ नियुक्त गरिसकिएको बताउनु भयो ।

वडा अध्यक्ष राजन ढुङनाले वडा नं ३ मा रहेका घरबार विहीनका लागि बसोबासको व्यवस्था गर्न विशेष पहल गर्ने बताउनु भयो ।

अन्य

भिडियो