INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते मन्थलीमा सम्पन्न भएको छ ।

इन्सेक, मन्थली नगरपालिकाको तथा मानव अधिकार संरक्षण सञ्जाल लगायतका संस्थाको आयोजनामा भएको कार्यक्रममा सन् २०२१ मा जिल्लामा सङकलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको थियो ।

PhotoRamechhap2202112010 कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले सन् २०२१ मा जिल्लामा २६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएका र ती मध्ये अधिकांश बलात्कार र बलात्कार प्रयासका घटना रहेको बताउनुभयो ।

मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले बढ्दो प्रविधिको विकाससँग मानव अधिकार उल्लङ्घनका घटनाका प्रकृति पनि फेरिएका बताउनुभयो । त्यसैले मानव अधिकारका विषय अध्यन गर्दा त्यस तर्फ ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले मानव अधिकारको विषय गम्भीर विषय भएको बताउनुभयो । कतिपय घटनाका पीडित भनिएका पीडक र पीडक भनिएका पीडित हुने अवस्था समेत आएको ले यसतर्फ पनि सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

PhotoRamechhap1202112010जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले यौनिक हिंसाका घटना बढ्नु चिन्ताको विषय भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुङ्गानाले प्रहरीमा आएका घटनालाई हेर्दा यौनिक हिंसा र आत्माहत्याका घटना बढ्दै गएको देखिने बताउनुभयो ।

जिल्ला बारका अध्यक्ष विचारसिंह तामाङले पीडितले कतिपय मुद्दा दर्ता गर्न विधि प्रक्रिया पुगेन भन्दै दुःख पाएको भन्दै गुनासो गर्नुभयो ।

कार्यक्रममा बोल्दै मानव अधिकार संरक्षण संञ्जालका जिल्ला संयोजक पाण्डव प्रसाईँले आत्माहत्याका घटना बढ्दै गएकाले त्यसलाई अब मानव अधिकारको कोणबाट विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

अन्य

भिडियो