अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा इन्सेकद्वारा प्रकाशित हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको पूर्व समीक्ष कार्यक्रम मङ्सिर २४ गते चौतारामा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले मानिसको बानि र व्यवहारमा परिवर्तन नआएसम्म मानव अधिकारको संरक्षण नहुने धारणा राख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तक नेपालको महत्वपूर्ण दस्तावेजको रुपमा लिइदै आएको बताउनु भयो ।
उहाँले विशेष गरी द्वन्द्वको समयमा इन्सेकका प्रतिनिधिहरूले थलोमा गएर सङ्कलन गरिएका प्रमाणहरू अहिले पनि द्वन्द्व पीडितहरूका लागि विभिन्न निकायहरूले प्रमाणको रुपमा दिइँदै आएको बताउनु भयो ।
जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले मानव अधिकार हनन् र अपराधमा फरक भएको बताउँदै अपराधका घटनाहरू न्यूनिकरणका केही चुनौति रहेको बताउनु भयो ।
पूर्व समीक्षा कार्यक्रममा इन्सेकले सन् २०२१ भरी जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४४ ओटा घटनाहरू इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत गरिएका घटनाहरूमा हत्या चार ओटा, हिरासतमा रहेका व्यक्तिको उपचार नपाएर मृत्यु एक, सामुहिक बलात्कार दुई, बलात्कार १९, बलात्कार प्रयास एक, यौन दुर्व्यवहार १५ र बहुविवाह एक रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव बिदुर आचार्य, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गोविन्द सापकोटा लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुखको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको प्रमुख आतिथ्यतामा